१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

स्वदेशमै मतदानको राम्रो व्यवस्था नगर्नेले विदेशमा रहेकालाई कसरी गर्लान ?’

१४ असार ,काठमाडौं । निर्वाचन आयोगको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदानको व्यवस्था देशमै राम्रो नगर्नेले विदेशमा रहेकालाई मताधिकार दिन्छु भन्नु सान्दर्भिक नहुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित निर्वाचनमा आन्तरिक र बाह्य आप्रवासनको प्रभाव विषयक कार्यक्रममा उनले संविधानले प्रदान गरेको मतदान अधिकारलाई संविधानले सुनिश्चित गर्ने र त्यही अन्तर्गत बनेको कानूनले त्यसलाई ग्यारेन्टी नगर्ने व्यवस्थाबाट निकास निकाल्न नसकिने बताए ।

उनले भने,‘देश भित्र अथवा बाहिर रहेका कुनैपनि नागरिकको अन्तिम मतदाता नामावलीमा नाम छ । उसले आफ्नो वडामा गएर मत हाल्न सक्छ । एउटा गाउँपालिकामा जन्मिएर वाध्यतावस कुनै पेसा व्यवसाय वा रोजगारीका कारण अर्को ठाउँमा गएकालाई कसरी मतदानको व्यवस्था मिलाउन सक्छौं भन्ने कुरा प्राथमिकतामा छ । तर मतदानको व्यवस्था मिलाउन नसक्नेले संसारको जुनसुकै कुनामा भएका मानिसलाई पनि मताधिकार दिन्छु भनेर गुड्डी हाँक्दै हिड्नु कत्तिको सान्दर्भिक होला ?,’ उनको प्रश्न थियो ।

त्यस्तै उनले संविधानले प्रदान गरेको मतदान अधिकारलाई सुनिश्चित गर्ने त्यही अन्तर्गत बनेको कानूनले त्यसलाई ग्यारेन्टी नगर्ने व्यवस्थाको निकास के हुने भन्ने पनि प्रश्न गरे ।

उनले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा मताधिकार दिने विषयमा राजनीतिक दलहरुसँग छलफल भइरहेको भन्दै अहिले अधिकार दिइहाल्यो भने प्रतिनिधिसभाको समानुपातिकमा मात्र दिन सकिन्छ भन्ने निष्कर्षमा रहेको जानकारी दिए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।