२६ आश्विन २०८२, आईतवार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

औद्योगिक प्रदर्शनी सम्पन्न

१३ असार, हुम्ला । स्थानीय उत्पादनको बजारीकरण तथा प्रसारप्रचार गर्ने उद्देश्यले सदरमुकाम सिमकोटमा पहिलोपटक आयोजना भएको औद्योगिक प्रदर्शनी बुधबारसम्पन्न भएको छ ।

प्रदर्शनीमा जिल्लामा उत्पादित राडीपाखी, स्थानीय कच्चा पदार्थबाट बनेका लिउ, फेरुवा, कोट, पाखो, गुन्युचोलो, घागर, रातो काम्लो, शिल्पकारले बनाएका ढाल, तरबार, तारे चुकबाट बनेका पेय, फापर, चिनोबाट बनाइका बिस्कुटलगायत सामग्री राखिएको थियो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले आयोजना गरेको प्रदर्शनीमा ३७ उद्यमीले आफ्ना उत्पादन राखेका उक्त कार्यालयका प्रमुख प्रदीपकुमार रेग्मीले बताउनुभयो । प्रदर्शनमा खाद्य, पेय, र सिलाइबुनाइसहित तीन विधामा उत्कृष्ट उत्पान गरेकालाई पुरस्कृत गरिएको थियो ।

खाद्य तथा पेय प्रदर्शनीमा सुर्वण सिमकोट खाद्य उद्योग प्रथम, बागजुर चिया तथा नर्सरी फलफूल उद्योग दोस्रो, विष्णुदेव कृषि फार्म तृतीय र सञ्जय कृषि खाद्य उद्योगले सान्त्वना पुरस्कार पाएका उनले जानकारी दिए । भएको जानकारी प्राप्त भएको छ । प्रदर्शनीमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई क्रमशः रु दश हजार, छ हजार, तीन हजार र एक हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

थप समाचारहरु

प्रदेस समाचार समाज सुदूरपश्चिम

जंगली च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना विरामी

५ साउन, बैतडी । जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया
कोशी प्रदेस समाचार समाज

कोशीका सवा २ लाख पशुमा ‘लम्पी स्किन’ संक्रमण, ५ हजार मरे

६ साउन, झापा । कोशीका सवा दुई लाख पशुमा ‘लम्पी स्किन’ सङ्क्रमण, पाँच हजार मरे महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’