२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

युरोकपमा स्पेन र इटाली प्रिक्वाटरफाइनलमा प्रवेश

११ असार, काठमाडौं । युरोकपमा स्पेन र इटालीले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । मंगलबार बिहान सकिएको खेलमा स्पेनले अल्बानियालाई १–० गोल अन्तरले पराजित गर्दा इटाली र क्रोएसियाले एक –एक गोलको बराबरी खेलेको थियो ।

जितसँगै स्पेन समूह चरणमा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ अर्थात् प्रिक्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।

स्पेनका डानी ओल्मोको पासमा फेरान टोरेसले गोल गरेपछि १३ औं मिनेटमा अग्रता लिएको थियो । सोही अग्रता अन्तिमसम्म जोगाउँदै स्पेनले शतप्रतिशत जिन निकाल्न सफल भयो ।

उता अर्को खेमाल डिफेन्डिङ च्याम्पियन इटालीले अन्तिम समयमा गोल गर्दै बराबरी खेले पछि अन्तिम १६मा स्थान पक्का गर्न मद्दत पुग्यो । क्रोएसिया भने प्रतियोगिताबाट बाहिर भएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा क्रोएशियाले सुरुवाती अग्रता लिएको थियो ।

खेलको ५५ औं मिनेटमा लुका मोड्रिकले गोल गर्दै अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको अतिरिक्त आठौं मिनेटमा माटेटा ज्याग्नीले रिकार्डोको पासमा गोल गर्दै बराबरीमात्रै गरेनन की इटालीलाई अन्तिम १६ मा पु¥याए ।

समूह बीबाट स्पेन शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुग्दा इटाली ४ अंकका साथ दोस्रो स्थानमा रहेर पुगेको हो । क्रोएसियाको २ अंक हुँदा अल्बानियाको एकमात्र अंक रह्यो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected