३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीमाथि लेखकको व्यङ्ग : हामीलाई राम्रो जादुगर होइन, राम्रो प्रधानमन्त्री चाहिएको छ

१० असार, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सेचतक रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘राम्रो प्रधानमन्त्री नभई राम्रो जादुगर’ भएको भन्दै व्यङ्ग गरेका छन् ।

सोमबार स्वर्गीय नन्दप्रसाद शिवाकोटी स्मृति ग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रमुख सचेतक लेखकले  प्रधानमन्त्रीले एउटा कार्यक्रममा आफूसँग जादुयी संख्या रहेको भनेर गरेको टिप्पणीमाथि व्यङ्ग गर्दै प्रधानमन्त्री जादुगर भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीलेजीले यो मेरो संख्या होइन, जादु हो भनेर भनिराख्नु भएको छ । अब हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ । अब उहाँ राम्रो जादुगर भएर आउनु भएको छ । बडो बिडम्बनामा हामीले बाच्नु परिरहेको छ ।’

लेखकले राजनीतिक स्थिरता, समृद्धि, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको भन्दै वर्तमान राजनीतिक गतिविधि र अस्थिरतका कारण सबै ओझेलमा परेको बताए ।

उनले भने, ‘हामीले कतिपय चुनौतीहरु भोग्नु परेको छ । अहिले मुलुकमा स्थिरता, समृद्धिको कमि छ । मुलुकको उन्नती, दिगो शान्ति, विकास, सुशासन आजको आवश्यकता छ तर राजनीति गतिविधि र अस्थिरताले यी सबै कुराहरुलाई ओझेलमा राखेको छ । अझै कति दिन अस्थिरता व्यहोर्नु पर्ने हो भन्ने पनि थहा छैन् ।’

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।