३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

विपद् व्यवस्थापनको पूर्वतयारीमा लाग्न सरकारलाई सांसद सापकोटाको आग्रह

१० असार, काठमाडौं । माओवादी केन्द्रका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकमा गएराति भएको भारी वर्षाले मेलम्ची खोलाको अस्थायी पुल बगाएको भन्दै पूर्व तयारीलाई व्यवस्थित गर्न सरकारसँग माग गरेका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले भारी वर्षाको कारण सिन्धुपाल्चोकका ६ वटा वडाको आवतजावत अवरुद्ध भएको भन्दै हिउँद लागेपछि स्थायी संरचना बनाउने र बर्खामा बाढीले त्यसलाई बगाउँदा नागरिकले टुलुटुलु हेर्नुपर्ने अवस्थाको अन्त्य गरि पूर्व तयारीलाई व्यवस्थित तुल्याउन सरकारसँग माग गरेका हुन् ।

‘वर्खा लागेपछि बाढी आउँछ । र सबै अस्थायी संरचनाहरु बगाउँछ नागरिकले टुलुटुलु हेरेर आफ्नो सुविधा बगेको हेर्नु बोहक अर्को कुनै विकल्प नै छैन् । सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । बिभिन्न ठाउँ गरेर एक सय ५९ मिलि लिटर भारी वर्षा भएको छ । यसले गर्दा मेलम्चीको अस्थायी पुल बगाएको छ । ६ वटा वडाको आवतजावत अवरुद्ध भएको छ । सरकारको गम्भीर ध्यानाकर्षण गराउँन चाहान्छु । हिउँद लागेपछि स्थायी संरचना बनाउने र बर्खामा बाढीले त्यसलाई बगाउँदा नागरिकले टुलुटुलु हेर्नुपर्ने अवस्थाको अन्त्य गरियोस् र पूर्व तयारीलाई व्यवस्थित तुल्याइयोस् ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।