३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

निलम्बित अर्याललाई योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने मन्त्रीपरिषद्को निणर्य

१० असार,काठमाडौं । सरकारले मुख्यसचिवबाट निलम्बित बैकुण्ठ अर्यालको राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।

अन्तःशुल्क स्टिकर खरिद प्रकृयामा भ्रष्टाचार आरोपित निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई सरकारले आज राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने निणर्य गरेको हो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेण्ीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उनलाई सरुवा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

शर्माले भनिन्, ‘मुख्यसचिवविरुद्ध मुद्दा दर्ता भएसँगै उहाँ स्वत निलम्बनमा पर्नुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेण्ीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने निणर्य भएको छ ।’

शर्माले अर्यालको अवधिभर उक्त विशेष पद रहने समेत बताएकि छन् ।

अर्यालविरुद्ध आइतबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको  छ ।

यस्तै, बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई नै कामु मुख्य सचिवको जिम्मा दिएको छ । अर्को मुख्य सचिव नियुक्त नहुँदासम्म गड्तौलाले मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छिन् ।

यस्तै, आजको बैठकले आर्थिक वर्ष २०८०–०८१ मा स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी १६ अर्ब ९९ करोड, २२ लाख रुपैयाँ वित्तीय समानिकरण अनुदान रकम हस्तान्तरण गर्ने निणर्य पनि गरेको शर्माले जानकारी दिइन ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।