१९ कार्तिक २०८२, बुधबार
समाज

रास्वपाको चियापान भोलि : दलका नेतादेखि कूटनीतिक नियोगका प्रमुखलाई निम्तो

निजामती कर्मचारीलाई बोलाइएन

६ असार, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले दलका नेताहरुलाई आमन्त्रण गरेको छ। पार्टी स्थापना दिवसको अवसरमा ७ असारमा गर्न लागिएको चियापानमा सबै दलको मूल नेतृत्वलाई बोलाइएको छ ।

रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा चियापान गर्न लागेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, नीजि क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

दलका प्रमुख सचेतक, सचेतकलाई पनि चियापानमा बोलाइएको छ ।बुर्लाकोटीका अनुसार कर्मचारीहरुलाई भने निमन्त्रणा गरिएको छैन।

दिउँसो १ बजेदेखि चियापान राखिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व