२२ बैशाख २०८३, मंगलवार
मुख्‍य समाचार राजनीति

बेलायतस्थित कांग्रेस जनसम्पर्क समितिका पदाधिकारीद्वारा राजनीतिक स्थायित्वमा जोड

९ असार, काठमाडौँ । नेपाली कांग्रेसको बेलायतस्थित जनसम्पर्क समितिले नेपालमा राजनीतिक स्थायित्व नहुँदा बेलायतबाट वैदेशिक लगानी प्रवाह हुन नसकेकामा चिन्ता व्यक्त गरेको छ ।

शनिबार लण्डनमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष महेश दाहालले बेलायती उद्यमी–व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेका भए पनि पटकपटक भइरहने नीति परिवर्तनले लगानी गर्न समस्या भएको बताए ।

उनले प्रवासी नेपाली मात्र नभई आफूहरूले विदेशी लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न आग्रह गरेको तर, नेपालको राजनीतिलाई देखाउँदै उनीहरू लगानी गर्न डराएका बताए । उनले राजनीतिक स्थायित्वका निम्ति राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा जोड दिए ।

नेपाल प्रेस युनियनका अध्यक्ष लम्सालले समितिका समस्यालगायत विषयमा कांग्रेस नेतृत्वलाई जानकारी दिने बताए । समितिका अध्यक्ष दाहाल, प्रेस युनियन युकेका अध्यक्ष विपिन निरौला, राजनीतिक विश्लेषक आरेक त्रिपाठी (राजकुमार) लगायत उपस्थित थिए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।