२६ आश्विन २०८२, आईतवार
कोशी प्रदेस समाचार मुख्‍य समाचार

कोशी प्रदेशसभा बैठक : प्रतिपक्षद्वारा सदन बहिष्कार

५ असार, विराटनगर । कोशी प्रदेशसभाको पाँचाँै अधिवेशनको आजको बैठक प्रदेशसभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेका छन् ।
कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ (४) बमोजिम आर्थिक वर्ष २०८१-८२ को आर्थिक विधेयकमाथि सभामा छलफल हुने बैठकको कार्य सूची थियो । निर्धारित समयभन्दा ढिला प्रदेशसभा सञ्चालन गर्न सभामुख अम्बरबहादुर विष्टले बोल्न लाग्दा नेपाली कांग्रेस र राप्रपाका प्रदेशसभा सदस्यहरुले उभिएर विरोध जनाएका थिए ।
सभामुख विष्टको आग्रहपछि कांग्रेसका प्रदेशसभा सदस्य गोपाल तामाङ र राप्रपाका सबिना बजगाईंले सरकारले सदनमा ल्याएको नीति तथा कार्यक्रमअनुसार बजेट नआएको जिकिर गरे । उनीहरुले रातो किताबमा उल्लेखित बजेट र योजनाबाट निर्वाचनमा मतदातासामु  गरेको बाचा पूरा नहुने धारणा राखे । लगत्तै उनीहरुले संसदीय दलको निर्णय भन्दै बैठक बहिष्कार गर्ने घोषणा गरे । सत्तापक्ष र प्रतिपक्षबीच सदनको गतिविधि अघि बढाउन अहिले वार्ता भइरहेको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

थप समाचारहरु

कोशी समाचार समाज

धरानमा गोली हानी युवकको हत्या, रकम र मोबाइल पनि लुटियो

५ साउन, विराटनगर । सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका -५
प्रदेस समाचार समाज सुदूरपश्चिम

जंगली च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना विरामी

५ साउन, बैतडी । जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया