३० फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

गण्डकी प्रदेशस्तरीय क्रिकेट : अपराजित रहँदै स्याङ्जा फाइनलमा

५ असार, कास्की । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी –२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङ्जा भिड्ने भएका छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नवलपुरलाई दुई विकेटले पराजित गर्दै स्याङ्जा फाइनलमा पुगेको हो । समूह चरणका तीन वटै खेल जितेको स्याङ्जा छ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेर कास्कीसँगको फाइनल भेट पक्का गर्न सफल भयो ।

घरेलु टोली कास्की समूह ‘ए’को विजेता बन्दै यसअघिनै फाइनल पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल भोलि बिहीबार हुने आयोजकले जनाएको छ । स्याङ्जासँगको खेलमा टस जितेर सुरुआतमा ब्याटिङ रोजेको नवलपुरले १७ ओभरमा सीमित गरिएको खेलमा १६ ओभरको चौथो बलमा ‘अलआउट’हुँदै ७५ रन मात्रै बनाउन सक्यो ।

खेलमा नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रनको योगदान दिए भने कमल परियारले २२ बलमा १८ रन मात्रै जोड्न सके । यस्तै सुदिप अर्यालले १२ रनको योगदान दिए । स्याङजाका लागि ‘प्लेयर अफ दी म्याच’समेत रहेका सन्दिप खत्री क्षेत्री र अङ्कित न्यौपानेले समान दुई-दुई विकेट लिए ।

खेलमा ७६ रनको लक्ष्य पछ्याएको स्याङजालाई जितका लागि अन्तिम ओभर कुर्नुपर्‍र्यो । स्याङजाले १६ ओभरको दोस्रो बलमा आठ विकेटको विकेटको क्षतिमा ७९ रन बनाउँदै लक्ष्य भेट्टायो । स्याङजाका लागि अनिष ताम्राकारले १५ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै २२ रनको योगदान दिए । त्यस्तै इश्वर क्षेत्रीले २९ बलमा २१ रन बनाए भने प्रदिप पाण्डे ‘नट आउट’रहँदै ११ रन बनाए ।

नवलपुरका लागि कमल परियारले चार ओभर बलिङमा एक मेडन राख्दै १२ रन दिएर तीन विकेट लिन सफल भए । दीपक डुम्रेले तीन ओभरमा एक मेडनसहित छ रन दिएर दुई विकेट लिए ।प्रदेश खेलकुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा यही जेठ ३२ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगिताको विजेता टिमलाई नगद पुरस्कार रु एक लाख र उपविजेता टिमलाई नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा आठ जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताबाट आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टोली छनोट गरिने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected