१८ कार्तिक २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार

रोनाल्डोको कीर्तिमान, पोर्चुगलको जित

५ असार, काठमाडौं । युरो २०२४ को समूह चरणको पहिलो खेलमा चेक रिपब्लिकविरुद्ध मैदान उत्रिए लगत्तै पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । उनी स्न २००४ देखि २०२४ सम्मका लगातार ६ वटा संस्करणको युरोकप खेलेका हुन् । ६ संस्करण युरो कप खेल्ने रोनाल्डो पहिलो खेलाडी बनेका हुन् ।

रोनाल्डोले कीर्तिमान बनाएको खेलमा गोल भने गर्न सकेनन् । तर, उनी युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडी भने हुन् । उनले अहिलेसम्म १४ गोल गरेका छन् ।  रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि २-१ गोलको पुनरागमन जित निकाल्न सफल भयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेक रिपब्लिकले ६२ औं मिनेटमा गोलको खडेरी तोडेको थियो । उसका लुका पोभार्डले गोल गर्दै अग्रता दिलाएका थिए ।

१ गोलले पछि परेको पोर्चुगललाई बराबरी गोल गर्न भने उपहार गोलको सहारा लिनु परेको थियो ।

चेक रिपब्लिकका रोबिन हरानाले आफ्नै पोस्टमा गोल गरेपछि ६९ औं मिनेटमा उपहार गोलमार्फत पोर्चुगल खेलमा एक एकको बराबरी गर्दै फर्कियो ।

दोस्रो हाफको अतिरिक्त दोस्रो मिनेटमा फ्रान्सिस्को कोन्सिकाओले गोल गरेपछि पोर्चुगलले २-१ गोलको पुनरागमन जित निकाल्न सफल भयो ।

जितसँगै समूह एफमा पोर्चुगलले ३ अंक जोडेको छ । यही समूहमा रहेको टर्कीले जर्जियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ । टर्कीका लागि २५ औं मिनेटमा मर्ट मुलडरले गोल गर्दै अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा जर्जेस मिकुटाडेजले गोल गरेपछि जर्जिया एक एकको बराबरीमा आएको थियो ।

६५ औं मिनेटमा एर्डा गुलेरले गोल गर्दै टर्कीलाई २-१ ले अघि बढाए । दोस्रो हाफको अतिरिक्त सातौं मिनेटमा मुहमद करिमले गोल गरेपछि टर्की अन्ततः ३-१ को सहज जित निकाल्दै स्पष्ट तीन अंक जोड्न सफल भयो । टर्की समूह चरणमा शीर्ष स्थानमा रहँदा पोर्चुगल दोस्रो स्थानमा छ । चेक रिपब्लिक र जर्जियाले भने खाता खोलेका छैनन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected