५ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

विधेयक संशोधन प्रस्ताव स्वीकृत

४ असार,  काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकबाट उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।
त्यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । उक्त प्रस्तावमा छलफलका लागि कुनै पनि सदस्यहरु भाग लिएनन् ।
त्यसपछि मन्त्री शर्माले प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस भन्ने प्रस्ताव पेस गरेकी छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।