३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

प्रोत्साहन भत्ता माग्दै संसदका कर्मचारी धर्नामा

४ जेठ, काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरूले धर्ना दिएका छन् ।

अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता माग्दै उनीहरूले संसद परिसरमै धर्ना दिएका हुन् ।

११ बुँदे माग राखेर उनीहरु आन्दोलित छन् ।

संसदका कर्मचारीहरू धर्नामा रहेको विषय संसदमा समेत उठेको छ

नेकपा एमालेका सांसद रघुजी पन्तले ओभरटाइम गरेको समयको भत्ता माग राखेको बताए । अतिरिक्त समय काम गर्दा भत्ता नपाउने भन्ने विषय सम्बोधन गरिनुपर्ने उनले बताए ।

‘संसदमा कर्मचारीहरु धर्नामा बस्नुपर्ने र सांसदलाई दिनुपर्ने सुविधा कटौती हुने अवस्थामा हाम्रो अवस्था भएको हो र ?’ उनले प्रश्न गरे । नियम अनुसार भत्ता दिन उनको आग्रह छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।