५ फाल्गुन २०८२, मंगलवार
खेलकुद

अफगानिस्तानविरुद्ध वेष्टइन्डिजको कीर्तिमानी जीत

४ असार, काठमाडौं । टी–२० विश्वकपमा वेष्टइन्डिजले अफगानिस्तानलाई १०४ रन अन्तरले परिाजित गरेको छ ।

आज भएको आफ्नो समूह चरणको अन्तिम खेलमा वेष्टइन्डिजले सबैभन्दा ठूलो रन अन्तरले जारी विश्वकपमा जीत निकालेको छ ।

२१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भयो ।

अफगानिस्तानका  इब्राहिम जद्रानले ३८, अजमतुल्लाह उमरजईले २३, राशिद खानले १८, करिम जन्नतले १४ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन् ।

अफगानिस्तानलाई सस्तैमा रोक्न वेष्टइन्डिजका ओबेद म्याककोयले सर्वाधिक तीन विकेट लिए । यस्तै, मुडाकेश मोती र अकिल हुसैनले दुई÷दुई तथा आन्द्रे रसेल र अल्जारी जोसेफले समान एक÷एक विकेट दिलाए ।

त्ययसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निकोलस पुरनको आक्रामक ब्याटिङमा २१८ रनको ठूलो स्कोर खडा गरेको थियो ।

पुरणले  ५३ बलमा ९८ रनको उम्दा प्रर्दशन गरे भने, जोनसन चार्ल्सले ४३, शाई होपले २५, रोभम्यान पावेलले २६ रन बनाए ।

अफगानिस्तानका गुलबदिन नाबीले २, नवीन उल हक र फजलहक फारुकीले समान एक÷एक विकेट लिए ।

समूह सीबाट वेष्टइन्डिज र अफगानिस्तान दुवै सुपर–८ मा पुगिसकेका छन् । सुपर–८ को समूह २ मा रहेको वेष्टइन्डिजले इंग्ल्याड अर्को चरणको पहिलो खेल खेल्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected