२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

कठिनाइपूर्वक प्राप्त गरेका विकासका लाभहरू उल्टिने जोखिम छ : प्रधानमन्त्री दाहाल

४ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका प्रभावहरूले संवेदनशीलतालाई अझ बढाएको उल्लेख गर्दै नेपालमा कठिनाइपूर्वक प्राप्त भएका विकासका लाभहरू उल्टिने जोखिम रहेको बताएका छन् ।

नेपालजस्ता अल्पविकसित देशहरूको लागि सहुलियतपूर्न वित्तीय सहायता महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले नेपालजस्ता देश संवेदनशील भएको बताएका हुन् ।

“हामी धेरै सङ्कटहरूमा संवेदनशील छौं, र हामीले कठिनाइपूर्वक प्राप्त गरेका विकास लाभहरू उल्टिने जोखिम छ,” प्रधानमन्त्री दाहालले भने ।

यस्तै दाहालले विश्वव्यापी उत्सर्जनमा नगन्य योगदान दिँदा पनि नेपालले जलवायु परिवर्तनका प्रतिकूल प्रभाव र असरको चुनौती सामना गरिरहनु परेको उल्लेख गर्दै जलवायु असरबाट भएको क्षतिको न्यायपूर्ण क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिए ।

दाहालले भने, “हाम्रो नियन्त्रण बाहिरका परिस्थितिका कारण भएको क्षति र हानिको क्षतिपूर्ति पाउनका लागि हामीले जलवायु न्यायको पक्षमा वकालत गरिरहेका छौँ ।”

दाहालले विनाशकारी भूकम्प, विपद्, विश्वव्यापी महामारी र विश्वव्यापी आर्थिक चुनौतीका कारण नेपालको आर्थिक विकास र समृद्धिमा चुनौती थपिएको बताए ।

राजनीतिक स्थिरतापछि यहाँका पर्याप्त सम्भावनालाई उपयोग गर्दै आर्थिक विकासको बाटोमा दृढ रूपमा नेपाल अघि बढेको जानकारी गराउँदै दाहालले एशियाका दुई ठूला अर्थतन्त्रहरूबीचमा रहेको नेपालमा जलविद्युत, पर्यटन र कृषि व्यवसाय क्षेत्रहरूमा राम्रो विकासको सम्भावना रहेको बताए ।

उनले मेहनती युवा जनसङ्ख्या नेपालको विकासका लागि सबल पक्षको रुपमा चित्रण गरे ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।