३० फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार

युरो कप – फ्रान्स, स्लोभाकिया र रोमानियाको जित

४ असार, काठमाडौं । युरोकप फुटबलअन्तर्गत गएराति भएका खेलमा फ्रान्स, स्लोभाकिया र रोमानियाले जित हासिल गरेका छन् ।

जर्मनीमा जारी प्रतियोगितामा समूह ‘ई’ अन्तर्गतका खेलमा रोमानियाले युक्रेनलाई ३–० ले पराजित ग¥यो । रोमानियाले युरो च्याम्पियनसीपमा २४ वर्षयताकै पहिलो जित हात पारेको हो । जितसँगै रोमानियाले बेल्जियम र स्लोभाकिया सम्मिलित समूहमा आफूलाई बलियो स्थानमा उभ्याएको छ ।

रोमानिया छनोट चरणमै अपराजित थियो । अहिलेको जितसँगै रोमानिया प्रतियोगिताकै बलियो टिम साबित भएको छ । रोमानियाका लागि खेलको २९ औं मिनेटमा निकोलाय स्टानक्लुले गोल गर्दै रोमानियालाई अग्रता दिलाए । उनले यसका लागि २० यार्डबाट शक्तिशाली प्रहार गरेका थिए ।

दोस्रो हाफमा रोमानियाले ५ मिनेटको अन्तरमा दुई गोल ग¥यो । राजभान मारिनले ५३ औं मिनेटमा दोस्रो गोल गरे । यो पनि लामो दूरीबाट शक्तिशाली प्रहारमै सम्भव भएको थियो । यस्तै डेनिस ड्रागसले ५७ औं मिनेटमा तेस्रो गोल थपे । दोस्रो हाफको अधिकांश समय युक्रेनको पकडमा रहे पनि टोलीले गोल गर्न सकेन ।

यस्तै गएराति भएको यही समूहको अर्को खेलमा स्लोभाकियाले बेल्जियमलाई १–० गोलले पराजित गरेको छ । स्लोभाकियासँग अप्रत्यासित हार बेहोरेपछि बेल्जियम दबाबमा परेको छ । खेलको सातौँ मिनेटमै स्लोभाकियाका लागि इभान श्रान्जले गोल गरे, जुन खेलको निर्णायक बन्यो ।

त्यस्तै, समूह ‘डी’ को अर्को खेलमा फ्रान्सले अष्ट्रियालाई १–० पराजित ग¥यो । खेलमा फ्रान्सेली स्टार खेलाडी एम्बाप्पे चम्किन सकेनन् । अन्त्यतिर उनको नाकमा चोट लागेर रगत बगेपछि उनी सब्स्टिच्युटमा परे । अष्ट्रियाका म्याकमिलियन वबरले ३८ औँ मिनेटमा आत्मघाती गोल गर्दा फ्रान्सका नाममा जित दर्ता भयो ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected