३० फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार

स्वदेश फिर्ताको तयारीमा नेपाली टोली, विश्वकप यात्रा सन्तोषजनक

३ असार, काठमाडौं । आइसीसी टी–२० विश्वकप २०२४ को यात्रामा नेपालले समूह चरणको तीन खेलमा पराजय भोग्दा वर्षाका कारण एक खेलमा एक अंकमात्रै लिन सक्यो ।

आइसीसी टी–२० एसिया क्वालीफायर खेलेर विश्वकपको मञ्चमा गएको नेपाली टोलीले टेस्ट नेशन्सलाई बलिङबाट कम स्कोरमा रोकेपनि ब्याटिङ भने चल्न नसक्दा दक्षिण अफ्रिका र बंगलादेशसँगको खेल हार्न पुग्यो ।

सुरुका दुई खेल अमेरिका र बाँकी दुई खेल वेस्टइन्डिजमा खेलेपछि अब नेपाली टिम स्वदेश फिर्ता हुने छ । सन् २०१४ पछि नेपाली टोली विश्वकप खेल्नु आफैंमा उपलव्धि भएपनि अगाडिको यात्रा तय गर्न भने असफल भयो ।

ओपनर कुशल भुर्तेलले नेदरल्याण्ड्ससँग ७ रन जोडे । उनले उक्त खेलमा १० बल फेस गर्दा १ चौका प्रहार गरे । यसैगरी दोस्रो खेल श्रीलंकाविरुद्ध रहेको थियो । तर फ्लोरिडामा बर्षा भएपछि उक्त खेलमा टस पनि भएन ।

त्यसपछि वेस्टइन्डिज पुगेको नेपाली टोलीले तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गरेको थियो । दक्षिण अफ्रिकाविरुद्ध भुर्तेलले १३ रनको पारि खेले । उनले २१ बल फेस गर्दा एक छक्का र एक चौका प्रहार गरे । समूह चरणको अन्तिम खेलमा भुर्तेलको ब्याटबाट ४ रन बन्यो । उनले ८ बल खेल्दा १ चौका प्रहार गरे । समग्रमा भुर्तेलको ब्याटबाट २४ रन बनेको छ ।

विश्वकपमा भुर्तेलले बलिङ पनि गरेका थिए । अन्तिम खेलमा बंगलादेशविरुद्ध ४ ओभर बलिङ गर्दा २२ रन दिए भने विकेट हात परेन ।

तेस्रो खेलमा उनले दक्षिण अफ्रिकाविरुद्ध भने सानदर बलिङ गरे । उनले ४ ओभरमा १९ रन खर्चिएर ४ विकेट लिए । पहिलो खेलमा उनले बलिङ भने गरेका थिएनन् ।

अर्का ओपनर आशिफ शेख विकेट किपर हुन् । उनले नेदरल्याण्ड्सविरुद्ध ८ बलमा ४ रन बनाए । त्यतिबेला एक चौका प्रहार गरेका थिए ।

तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध आशिफ शेखले भने शानदार ब्याटिङ गरे । उनले ४९ बलमा ४२ रन बनाउँदा एक छक्का र चार चौका प्रहार गरे । बंगलादेशविरुद्धको अन्तिम खेलमा भने आशिफले १४ बलमा १७ रनको पारि खेले । उनले चार चौका हिर्काएका थिए । विश्वकपको यात्रामा आशिफले ६३ रन बनाए ।

अर्का खेलाडी अनिल साह बंगलादेशविरुद्धको खेलमा फ्लप भए । उनले खाता पनि खोल्न सकेनन् । दक्षिण अफ्रिकाविरुद्ध २४ बलमा २७ रनको पारि खेलेका थिए । उनले एक छक्का र तीन चौका प्रहार गरे । नेदरल्याण्ड्सविरुद्ध उनले १२ बलमा ११ रनको पारि खेल्दा २ चौका प्रहार गरे । अनिलले ३८ रन बनाए ।

कप्तान रोहित पौडेलले नेदरल्याण्ड्सविरुद्ध कप्तानी पारि नै खेलेका थिए । त्यसपछिका खेलमा भने उनको ब्याट शान्तजस्तै रह्यो । नेदरल्याण्ड्सविरुद्ध रोहितले ३७ बलमा ३५ रनको पारि खेले । उनले पाँच चौका प्रहार गरेका थिए । तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध २ बल फेस गर्दा खाता पनि नखोलर पभेलियन फर्किए । बंगलादेशविरुद्धको खेलमा उनले जम्मा १ रन बनाए । समग्रमा रोहितको ब्याटबाट ३६ रन बन्यो ।

विश्वकपमा रोहितले बंगलादेशविरुद्ध २ विकेट लिए । ४ ओभरमा २० रन खर्चिए । दक्षिण अफ्रिका र नेदरल्याण्ड्सविरुद्ध भने उनले बलिङ गरेनन् ।

नेपाली क्रिकेटमा हार्डहिटर र रेकर्ड बनाएका कुशल मल्लको ब्याट पनि खासै चलेन । उनले पहिलो खेलमा नेदरल्याण्ड्विरुद्ध ९ बलमा ९ रनको पारि खेल्दा १ चौका प्रहार गरे । दक्षिण अफ्रिकाविरुद्ध १  रन बनाएका मल्लले अन्तिम खेल बंगलादेशविरुद्ध ४० बलमा २७ रुनको पारि खेले । उनले एक छक्का र एक चौका प्रहार गरेका थिए । कुशलले समग्रमा ३७ रन बनाए ।

कुशल मल्लले दक्षिण अफ्रिकाविरुद्ध २ ओभरमा १७ रन खर्चिए । अरु खेलमा भने उनले बलिङ गरेनन् ।

दीपेन्द्रसिंह ऐरीले नेदरल्याण्ड्सविरुद्ध १ रन बनाए । उनले ६ बल फेस गरेका थिए । दक्षिण अफ्रिकाविरुद्ध ११ बलमा ६ रन जोडेका थिए । बंगलादेशविरुद्धको अन्तिम खेलमा दीपेन्द्रले ३१ बलमा २५ रनको योगदान गरे । विश्वकपभरी दीपेन्द्रको ब्याटबाट कुल ३७ रन बन्यो ।

विश्वकपका सबै खेल खेल्ने अर्का खेलाडी हुन् गुलसन झा । तर उनको ब्याट पनि शान्त रह्यो । उनले बंगलादेशविरुद्ध ४ बल फेस गर्दा खाता खोल्न सकेनन् । दक्षिण अफ्रिकाविरुद्धको खेलमा ६ बलमा ६ रन बनाएर रन आउट भए । नेदरल्याण्ड्सविरुद्ध गुलसनले १५ बलमा १४ रन जोडे । समग्रमा गुलसनले २० रन बनाए । बलिङतर्फ नेदरल्याण्ड्सविरुद्ध गुलसनले २ ओभरमा १७ रन दिएपछि त्यसपछिका खेलमा उनले बलिङ गरेनन् ।

सोमपाल कामी र करण केसी नेपालका मुख्य बलर हुन् । सोमपालले सबै खेल खेल्दा करणले अन्तिम खेल खेलेनन् । करणलाई बंगलादेशविरुद्धको खेलमा बेन्चमा राखिएको थियो । सोमपालले नेदरल्याण्ड्सविरुद्ध ५ बल फेस गर्दा खाता खोलेनन् । दक्षिण अफ्रिकाविरुद्ध उनले ४ बलमा ८ रनको नटआउट पारि खेलेका थिए । जसमा एक छक्का पनि सामेल छ । बंगलादेशविरुद्ध सोमपालको ब्याटबाट खाता खुलेन ।

सन् २०१४ को पनि विश्वकप खेलेका एक मात्र नेपाली खेलाडी सोमपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध ३ ओभरमा १० रन दिएर २ विकेट लिए । दक्षिण अफ्रिकाविरुद्ध उनले २ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर ६ रनमात्रै खर्चिए । नेदरल्याण्ड्सविरुद्ध सोमपालले ४ ओभर बलिङ गर्दा १८ रन दिएर एक विकेट हात पारे । बलिङतर्फ सोमपालले ३ खेलमा ३ विकेट लिए ।

करण केसीले विश्वकपमा २ खेल खेल्न पाए । नेदरल्याण्ड्सविरुद्ध १२ बलमा १७ रनको पारि खेल्दा २ छक्का प्रहार गरे । दक्षिण अफ्रिकाविरुद्ध उनको ब्याटिङ गर्ने पालो नै आएन ।  बलिङतर्फ करणले दक्षिण अफ्रिकाविरुद्ध १ ओभरमा ९ रन दिए । नेदरल्याण्ड्सविरुद्ध करणले ३ ओभर बलिङ गर्दा १७ रन खर्चिए । विश्वकपमा उनले एक विकेट पनि हात पारेनन् ।

सागर ढकालले नेदरल्याण्ड्सविरुद्ध मौका पाएका थिए । उनले त्यहाँ खाता खोल्न सकेनन् । स्पिन बलर सागरले ४ ओभरमा २१ रन दिए । विकेट हात परेन ।

अमेरिकामा भएको खेलमा भिसाका कारण जान नपाएका स्टार लेगस्पिनर सन्दीप लामिछानेको इन्ट्री दक्षिण अफ्रिकाविरुद्धको खेलमा भयो । उनी वेस्टइन्डिजमा भएका दुवै खेलमा सहभागी भए । सन्दीपले दक्षिण अफ्रिकाविरुद्ध ४ ओभरमा १८ रन खर्चिएपनि विकेट लिन असफल रहे । ब्याटिङमा उनले पालो पाएनन् । बंगलादेशविरुद्धको अन्तिम खेलमा भने ब्याटिङ र बलिङ दुवै पाए पनि ब्याटिङतर्फ बल फेस गर्नु नै परेन । तर, बलिङतर्फ ४ ओभरको स्पेलमा सन्दीपले १ ओभर मेडन राख्दै १७ रन खर्चिएर २ विकेट हात पारे । उनको यो २ विकेटसँगै टी–२० विश्वकपमा एकसय विकेट पूरा भएको छ । एशोसिएट राष्ट्रबाट (५४) थोरै खेलबाट एकसय विकेट लिने पहिलो खेलाडी बन्दा समग्रमा भने दोस्रो खेलाडी भएका छन् । उनीभन्दा अगाडि अफगानिस्तानका राशिद खानले ५३ बलमा एकसय विकेट पूरा गरेका थिए ।

डेथ ओभरस्पसलिष्ट अभिनाश बोहोराले नेदरल्याण्ड्सविरुद्ध खाता खोल्न सकेनन् । बलिङतर्फ भने ३.४ ओभरमा २९ रन दिएर १ विकेट हात पारे । दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्ने पालो आएन । बलिङतर्फ ३ ओभरमा १९ रन दिए पनि विकेट हात परेन । अन्तिम खेलमा बंगलादेशविरुद्ध पनि ब्याटबाट खाता खुलेन भने एक ओभर बलिङ गर्दा १० रन खर्चिए ।

सन्दीप जोराले अन्तिममा बंगलादेशविरुद्धको मात्रै खेल खेलेका हुन् । उनले ८ बलमा १ रन बनाए ।विश्वकप स्क्वाडमा रहेका ललित राजवंशी भने एक खेलमा पनि मैदान उत्रिन पाएनन् ।

यसअघि विश्वकप स्क्वाडमा समावेश युवा खेलाडी प्रतिश जिसी सुरुका खेलमा अन्तिम १५ मा रहे पनि मौका पाएनन् । उनलाई पछि सन्दीप लामिछानेले रिप्लेस गरेका थिए ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected