१३ फाल्गुन २०८२, बुधबार
अर्थ मुख्‍य समाचार

सेयर बजारमा दोहोरो अंकको गिरावट 

२ असार, काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रह्यो । १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ थियो ।

आइतबार होटल तथा पर्यटनबाहेक सबै उपसमूह घटेका छन् । लघुवित्त १.७१ र विकास बैंक उपसमूह १.२० प्रतिशतले घटेको छ ।

६४ कम्पनीको सेयरमूल्य बढ्दा नेपाल फाइनान्सको सेयरमूल्य बढेर पोजिटभ सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर पनि सर्किटस्तरमा बढेको छ । सर्वाधिक कारोबार हुनेमा पनि नेपाल फाइनान्स पहिलो नम्बरमा छ । उक्त कम्पनीको सेयर ३० करोड ४० लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड १९ लाख, ज्ञादी ग्रुपको १५ करोड २५ लाख, सीइडीबी हाइड्रोपावरको १३ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

१७७ कम्पनीको सेयरमूल्य घट्दा भगवती हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक नोक्सानमा रहे । उक्त जलविद्युत कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । समृद्धि फाइनान्स, ग्लोबल आइएमई लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी लगायत घटेका छन् । ६ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन भएन ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने