१० पुष २०८२, बिहीबार
अन्तर्वार्ता मुख्‍य समाचार राजनीति

मोदीसँग सन्तुष्ट छैन आरएसएस !

२ असार, काठमाडौँ । भारतीय चुनावमा भाजपाले बेहोरेको क्षतिबारे राष्ट्रिय स्वयंसेवक संघका प्रमुखले दिएको टिप्पणी यति बेला चर्चामा छ, जहाँ उनले सरकारी पक्षबाट संयम, मर्यादा नराखी उग्रता देखाइएको भन्दै आलोचना गरेका छन् ।

भारतको लोकसभा चुनावमा सत्तारुढ भाजपाको तुलनात्मक कमजोर नतिजासँग उसको मातृपार्टी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) असन्तुष्ट रहेको देखिएको छ ।

कतिपयले यसलाई नतिजापछिको असन्तोष नभई दिल्ली र नागपुरबीच केही वर्षयता सुषुप्त शक्तिको द्वन्द्वको प्रकटीकरणमात्रै मानेका छन् ।

नागपुर, जहाँ आरएसएस मुख्यालय छ । अनि दिल्ली, जहाँबाट नरेन्द्र मोदीले सरकार चलाउँछन् ।

आरएसएसका एक सयभन्दा बढी मातहत संस्था छन्, जसको राजनीतिक इकाई भाजपा अर्थात् भारतीय जनता पार्टी हो ।

१० वर्षअघि नरेन्द्र मोदी नेतृत्वमा सत्तारुढ बनेसँगै भाजपाले एक व्यक्तिको ब्रान्डिङमा सिंगो ऊर्जा खर्चेको, आफ्नो मूल शक्तिको स्रोत अर्थात् मातृपार्टी आरएसएसलाई उपेक्षा गर्न थालेको भन्दै संघ परिवार मोदी टिमसँग क्षुब्ध छ ।

यसको पछिल्लो दृष्टान्त आरएसएस प्रमुख मोहन भागवतले गरेको टिप्पणी हो, जसको बारेमा अहिले भारतमा विशेष चर्चा भइरहेको छ ।

मणिपुरको चुनावी अभियानमा भाजपा विपक्षीविरुद्ध उग्र रुपमा प्रस्तुत भएकोमा आरएसएसले आपत्ति जनाएको थियो ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।