३० फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार

विश्वकप क्रिकेटः समूह बीबाट अस्ट्रेलिया र इङ्ल्यान्ड सुपर आठमा

२ असार, काठमाडौँ । आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत समूह ‘बी’बाट अस्ट्रेलिया र इङ्ल्यान्ड विश्वकपको सुपर आठमा प्रवेश गरेका छन् ।
सेन्ट लुसियास्थित डारने शामी राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा अस्ट्रेलियाले स्कटल्यन्डलाई पाँच विकेटले पराजित गरेसँगै अस्ट्रेलिया र इङ्ल्यान्ड विश्वकपको सुपर आठमा पुगेका हुन । चार खेलमा आठ अङ्कका साथ शीर्ष स्थानमा रहँदै अस्ट्रेलिया सुपर आठमा पुगेको हो भने समान खेल खेलेको इङ्ल्यान्ड पाँच अङ्कका साथ दोस्रो स्थानमा रहँदै सुपर आठमा पुग्न सफल भएको हो ।
समान पाँच अङ्क बटुलेको स्कटल्यान्ड नेट रनरेटका आधारमा तेस्रो स्थानमा रहेपछि सुपर आठमा पुग्न असफल भयो । सोही समूहमा रहेका स्कटल्यान्डसहित नामिविया र ओमन भने विश्वकपबाट बाहिरिएका छन् ।
आजको खेलमा स्कटल्यान्डलेले प्रस्तुत गरेको एक सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९ दशमलव ४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि ट्राभिस हेडले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ४९ बलमा पाँच चौका र चार छक्काको सहायताले ६८ रनको योगदान गरेका हुन् ।
मार्कस स्टोइनिसले २९ बलमा नौ चौका र दुई छक्काको मद्दतमा ५९ रन बनाए भने टिम डेविडले अविजित २४ रन जोडे । ग्लेन म्याक्सवेलले ११ रन बनाए । स्कटल्यान्डका लागि मार्क वाट र स्याफन शरिफले समान दुई/दुई विकेट लिए भने ब्राड ह्विलले एक विकेट झारे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ८० रनको योगफल बनाएको थियो । स्कटल्यान्डका लागि ब्रान्डन म्याकलमले सर्वाधिक ६० रनको योगदान दिए । उनले ३४ बलमा ६ छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ६० रनको योगदान गरेका हुन । कप्तान रिची बेरिङ्टनले ४२, ओपनर जर्ज मुन्सीले ३५ तथा म्याथु क्रसले १८ रन बनाए ।
अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले दुई विकेट लिँदा एडम जाम्पा, एस्टन अगर र नाथन एलिसले समान एक/एक विकेट लिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected