१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

दक्षिणी गाजामा भएको विष्फोटमा आठ इजरायली सैनिकको मृत्यु

२ असार, काठमाडौं । दक्षिणी गाजाको रफाह क्षेत्रमा भएको विस्फोटमा आठ जना इजरायली सैनिकको मृत्यु भएको छ । इजरायल डिफेन्स फोर्सका अनुसार यी सबै सैनिकहरू नामर नामको आर्मर्ड कम्ब्याट इन्जिनियरिङ भेहिकल (सीईभी) भित्र भएका बेला शनिबार विस्फोट भएको थियो ।

जनवरीमा गाजामा भएको विस्फोटमा २१ इजरायली सैनिक मारिएपछि यति ठूलो संख्यामा सैनिक मारिएको यो पहिलो पटक हो । स्थानीय समय अनुसार शनिबार बिहान सवा ५ बजे घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रफाहको ताल अल सुल्तान क्षेत्रको उत्तरपश्चिमी क्षेत्रमा हमासका आतंकवादी अड्डाहरू ध्वस्त पार्न निस्किएको इजरायली सेनाको टोली झण्डै ५० आतङ्ककारीलाई मारेर फर्किरहेको थियो ।

 

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण