३० फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

अष्ट्रेलियालाई स्कटल्यान्डको १८१ रनको लक्ष्य

२ असार , अमेरिका । स्कटल्यान्डले आईसीसी टी२० विश्वकप २०२४ मा अष्ट्रेलियालाई १८१ रनको लक्ष्य दिएको छ । सेन्ट लुसियामा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनायो ।

युवा अलराउण्डर ब्रेन्डन म्याकमुलेनले ३४ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । जर्ज मुन्शे २३ बलमा २ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए ।

ओपनर माइकल जोन्स २ रनमै आउट भएका थिए । त्यसपछि जर्ज मुन्शे र ब्रेन्डन म्याकमुलेन ४८ बलमा ८९ रनको सानदार साझेदारी गरेका थिए ।

मुन्शे म्याक्सवेलको नवौं ओभरको अन्तिम बलमा डीप मिडविकेटमा क्याच आउट हुँदा स्कटल्यान्ड ९२-२ को अवस्थामा थियो । त्यसपछि भने आक्रामक क्रिकेट खेल्न सकेन ।

कप्तान रिची बेरिंग्टन ३१ बलमा १ चौका र २ छक्कासहित ४२ रनमा नट आउट रहे । म्याथ्यु क्रस १८ र माइकल लिक्स ५ रनमा आउट भए । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । एश्टन अगर, नाथन एलिस र एडम जाम्पाले १-१ विकेट लिए ।

समूह बी मा स्कटल्यान्ड ३ खेलमा २ मा जित र १ खेल नतिजाविहीन हुँदा ५ अंकका साथ नेटरनरेटका कारण तेस्रो स्थानमा छ । ४ खेलमा ५ अंक भएको इंग्ल्यान्डको नेटरनरेट ३.६११ र स्कटल्यान्डको २.१६४ छ । स्कटल्यान्ड विजयी भएमा सुपर-८ मा पुग्नेछ । स्कटल्यान्ड पराजित हुँदा इंग्ल्यान्ड सुपर-८ मा पुग्नेछ । अष्ट्रेलिया सुरुवाती तीन खेलमा जितका साथ सुपर-८ मा पुगी सकेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected