६ फाल्गुन २०८२, बुधबार
बैंक–वित्त

विनियोजन विधेयकः विभिन्न चार मन्त्रालयका शीर्षकमाथि छलफल

३२ जेठ,काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्र्तगत विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।

विधेयकमाथि जारी छलफलअन्तर्गत आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल भएको छ ।

छलफलमा सांसदहरू डिगबहादुर लिम्बू, सुहाङ नेम्वाङ, मनबहादुर गुरुङ, मीना तामाङ, चन्दा चौधरी, निर्मला कोइराला, पूर्णबहादुर तामाङ, प्रेमबहादुर महर्जन, प्रतिमा गौतम, मानवीर राई, देवप्रसाद तिमिल्सेना, रुक्मिणि राना बराइली, रुपा विक, वासुदेव घिमिरे जाबेदा खातुन जागा, सम्झना थपलिया, प्रतीक्षा तिवारी, ठाकुरप्रसाद गौरेलगायतले आफ्ना धारणा व्यक्त गरे।

प्रतिनिधिसभाको अर्को बैठक आगामी असार २ गते बिहान ११ बजे बस्नेछ । आगामी बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमाथि छलफल हुने सभामुख देवराज घिमिरेले सभालाई जानकारी गराए ।

थप समाचारहरु

बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र
बैंक–वित्त

‘अब तापक्रम घट्दै जान्छ, गर्मीबाट राहत मिल्छ’

२८ जेठ, काठमाडौं। अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार आइतबार (आज)