३० फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

लेबनानको भूमिबाट इजरायलमा रकेट आक्रमण

३१ जेठ, काठमाडौं । इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट आक्रमण गरेको छ । आक्रमणबाट भएको क्षतिको जानकारी भने सार्वजनिक भएको छैन ।

इजरायलले मंगलबार लेबनानको भूमिमा आक्रमण गर्दा हिजबुल्लाहका एक कमाण्डर अब्दुल्लाह तालेब मारिएका थिए । उनी इजरायल र हिजबुल्लाहबीच भएको आक्रमणबाट मारिएका हालसम्मका सबैभन्दा उच्च कमाण्डर भएको बीबीसीले जनाएको छ । त्यिसको प्रतिउत्तर स्वरुप इजरायलमाथि आक्रमण गरेको हिजबुल्लाहले जनाएको छ ।

हिजबुल्लाहले इजरायलका सैन्य इलाका र सैन्य बाहन बनाउने फ्याक्ट्रीलाई निशाना बनाइएको जनाएको छ । आक्रमणका कारण इजरायलका विभिन्न स्थानमा आगलागी भएको छ । आकाशमा अग्नि नियन्त्रक विमानहरु उडेको देखिन्छ ।

बीबीसीका अनुसार लेबनानको भूमिबाट इजरायलमा बुधबार रकेटको वर्षा भएको थियो । यो आक्रमणलाई गत वर्ष अक्टुबरदेखि इजरायल र हमासबीच गाजामा युद्ध सुरु भएपछि लेबनानको तर्फबाट इजरायलमा भएको यो सबैभन्दा ठूलो आक्रमण भनिएको छ । लेबनानले आक्रमण गरेपछि खतराको संकेत स्वरुप साइरन बजाइएको थियो ।

इजरायली मिडिया संस्थान वाइनेट न्यूजका अनुसार लेबनाबाट प्रहार गरिएका रकेट इजरायललाई पार गरेर साफेद शहर र तिबेरियाज क्षेत्रसम्म पुगेको जनाएको छ । इजरायली सेनाले प्रतिरक्षा प्रणालीमार्फत् अधिकांश रकेटलाई आकासमै ध्वस्त पारिएको जनाएको छ ।

हिजबुल्लाहका एक कमाण्डरले आफ्ना लडाकुहरुलाई सम्बोधन गर्दै कमाण्डर अब्दुल्लाहको हत्याको प्रतिक्रिया स्वरुप इजरायलमा आक्रमणलाई अझै तीव्रता दिने बताएको बीबीसीले जनाएको छ ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण