१७ मंसिर २०८२, बुधबार
समाज

थारूको इतिहास अध्‍यनबारे काठमाडौंमा थारू अगुवासँग छलफल

तराईका आदिवासी थारू समुदायको इतिहास, पहिचान र रैथाने लोकतान्त्रिक संस्कृतिको अनुसन्धान प्रतिवेदनबारे काठमाडौंमा छलफल सुरू भएको छ।

थारू आयोगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको इतिहास केन्द्रीय विभागले तयार पारेको अनुसन्धान प्रतिवेदनबारे थारू अगुरुहरुको साथमा छलफल बहस थालेको हो ।

कार्यक्रममा थारूको इतिहासको सत्यतथ्य उजार गर्ने र भविष्यमा थारूबारे अब उठ्ने प्रश्‍नहरुको समाधान गर्ने त्रिवि इतिहास केन्द्रीय विभागका प्रा.डा. बद्रीनारायण गौतमले बताए ।

उनका अनुसार प्रतिवेदनमा थारूको नामसम्बन्धी पहिचान, मूल सम्बन्धी पहिचान, सामाजिक पहिचान, मधेसीभन्दा फरक पहिचान, समुदाय र थारूकरण, धार्मिक तथा मूलसम्बन्धी पहिचान, लोकतान्त्रिक अभ्यास,  सामाजिक लोकतन्त्र र नेतृत्व, पारिवारिक लोकतान्त्रिक र नेतृत्व र विविकतामा एकताको बारेमा उल्लेख गरिएको छ ।

उक्त प्रतिवेदन त्रिवि इतिहास केन्द्रीय विभागका प्रा.डा. बद्री नारायण गौतम, डा.अपार कुमार लम्साल र डा. रमेश कुमार श्रेष्ठले तयार पारेका हुन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व