३० फाल्गुन २०८२, शनिबार
राजनीति

३ संसदीय समितिको बैठक बस्दै, मिडिया काउन्सिल विधेयकबारे छलफल हुने

३१ जेठ , काठमाडौं । संघीय संसद्अन्र्तगत राष्ट्रिय सभाको तीन संसदीय समिति बैठक आज बस्दैछ । संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।

बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवद्र्धन गराउन सुचनाको हक कार्यान्वयनमा सञ्चार तथा सुचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भूमिका र भएका कामकारबाहीहरुको सम्बन्धमा छलफल गर्ने कार्यसूची समितिको छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि मध्यान्न सवा बाह्र बजे बस्दै छ । समितिकै सभाहलमा बस्ने बैठकमा जाजरकोट लगायतका भूकम्प प्रभावित क्षेत्रमा गरिएको स्थलगत अध्ययन, अवलोकन एवं अनुगमन कार्यक्रमको समीक्षा गरिने समिति सचिवालयले जनाएको छ ।

विधायन व्यवस्थापन समितिको बैठक पनि आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ ।  समितिले मिडिया काउन्सिल विधेयक, २०८० माथि सरोकारवाला निकायसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।