६ पुष २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार

बंगलादेशलाई चार रनले पराजित गर्दै दक्षिण अफ्रिका समूह ‘डी’को शीर्ष स्थानमा

२९ जेठ , काठमाडौं । आईसीसी टी ट्वान्टी–२० विश्वकपमा बंगलादेश दक्षिण अफ्रिकासँग झिनो रन अन्तरले पराजित भएको छ । अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी मैदानमा सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले हराउँदै लगातार तेस्रो जित निकालेको हो।

दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ९ मात्र बनाएको थियो ।

बंगलादेशका लागि तोहीद हृदोयले ३७, मोहम्मदुल्लाह रियादले अविजित २० रन बनाए । कप्तान नजमुल होसेन सान्तोले १४ रन बनाए ।  यस्तै, तान्जिद हसन र लिटन दासले समान ९–९ रन जोडे ।  बंगलादेशलाई रोक्न केशव महाराजले सर्वाधिक ३, काशिगो रवाडाले र एनरिच नोत्जेले समान २ ÷२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय १३ रनको योगफल बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले दुई चौका र तीन छक्का प्रहार गरी सर्वाधिक ४६ रनको महत्वपूर्ण पािर खेले । यस्तै, डेभिड मिलरले पनि २९ रन बनाए । यी दुईबीचको साझेदारी महत्वपूर्ण रह्यो । यस्तै,  क्विन्टन डी ककले १८ रन बनाए।

बंगलादेशका तान्जिन हसन साकिबले सर्वाधिक तीन विकेट लिँदा ताक्षिक अहमेदले दुई र रिसाद हुसैनले एक विकेट आफ्नो नाम गराए ।

दक्षिण अफ्रिका तीन खेलबाट ६ अंकका साथ समूह ‘डी’मा शीर्ष स्थानमा यथावत् छ । तालिकाको दोस्रो स्थानमा रहेको बंगलादेशको २ अंक छ ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected