९ पुष २०८२, बुधबार
अर्थ समाज

‘आर्थिक विकासका लक्ष्य परिपूर्तिका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक’

२७ जेठ , काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक विकास, समृद्धि र विकास लक्ष्यहरूको परिपूर्तिका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा भएको ‘वर्तमान वैश्यिक परिदृश्यमा ज्ञान परम्परा नेपाल–भारतको सांस्कृतिक सन्दर्भ’ विषयक दुई दिवसीय संगोष्ठीमा उनले सामाजिक परिवर्तन बुझ्नको लागि सामाजिक संरचना र संस्थाहरूको जाँच आवश्यक रहनका साथै विकास लक्ष्यहरूको परिपूर्तिका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताए ।

उनले भने,‘सामाजिक परिवर्तन बुझ्नको लागि सामाजिक संरचना र संस्थाहरूको जाँच आवश्यक रहन्छ । नेपालको आर्थिक र राजनीतिक अल्पविकसित अवस्थाबाट उच्च आर्थिक वृद्धिको मार्ग, आर्थिक विकास र समृद्धि र विकास लक्ष्यहरूको परिपूर्ति गर्ने उद्देश्यले स्थिर राजनीतिक प्रणाली आवश्यक छ ।’

उनले नेपालले विविधतालाई अंगालेर पिछडिएका समूहहरूलाई सशक्त बनाउने काम गरिरहेको भन्दै नेपाल–भारत सम्बन्ध साझा समृद्धि झल्काउन व्यापार, कनेक्टिभिटी, पर्यटन र अन्य सकारात्मक सम्बन्धका विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उनले दुई देशबीचको सम्बन्धले विकास, समृद्धि र सामाजिक परिवर्तनको नयाँ युगको शुरुवात हुने विश्वास व्यक्त गरे ।

 

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने