२९ माघ २०८२, बिहीबार
खेलकुद

विश्वकप ः युगान्डा १ सय ३४ रनले पराजित, वेस्ट इन्डिजको लगातार दोस्रो जित

२७ जेठ , काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिजले युगान्डालाई १ सय ३४ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । १ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ औँ ओभरमा अलआउट भयो । खराब सुरुआत गरेको युगान्डा ३९ रनमै समेटिएको हो ।

समूह सीमा रेहका वेस्ट इन्डिज र युगान्डाबीच पहिलो पटक टी–२० खेल भएको हो।

युगान्डाका जुमा मियागीले अविजित १३ रन बनाए । उनी बाहेक अन्य ब्याट्सम्यानले दोहोर अंक जोड्न सकेनन् ।
युगान्डालाई सस्तैमा रोक्न वेष्टइन्डिजका अकिल हुसैनले सर्वाधिक ५ विकेट लिए ।
हुसेनले ४ ओभरमा ११ रन खर्चिएर ५ विकेट लिँदा अल्जारी जोसेफले ३ ओभरमा ६ रन दिएर २ विकेट हात पारे ।
यस्तै, अल्जारी जोसेफले २, रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक÷एक विकेट लिए ।

गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि जोन्सन चाल्सले सर्वाधिक ४४ रन, रोभमन पावलले २३ रन ,निकोलस पुरन र शेरफेन रुथरफोर्डले समान २२ बनाए । यस्तै आन्द्रे रसेल ३० रनमा नटआउट पारि खेले । युगान्डाका बसिन मासाबाले २ विकेट लिए।

दुई पटकको विश्व विजेता वेस्ट इन्डिज लगातार दोस्रो जितपछि समूह सीमा ४ अंक बनाएको वेस्टइन्डिज दोस्रो स्थानमा छ । शीर्ष स्थानमा समान अंकका साथ अफगानिस्तान रहेको छ । अफगानिस्तान रनरेटका आधारमा अगाडि रहेको छ । यसैगरी युगान्डा २ अंकका साथ तेस्रो स्थानमा रहँदा पपुवा न्युगिनी र न्युजिल्याण्डले तालिकामा अंकको खाता खोल्न सकेका छैनन् ।

 

 

 

 

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected