१८ चैत्र २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार

फिफा विश्वकप : नेपाल यूएईसँग ४ गोल अन्तरले पराजित

२५ जेठ, काठमाडौं । फिफा विश्वकप तथा एएफसी एशियन कप संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग पराजित भएको छ ।

साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा बिहीबार राति भएको खेलमा नेपाल ४–० गोल अन्तरले पराजित भएको हो । पहिलो चरणको खेलमा पनि नेपाल युएईसँग ४–० गोल अन्तरले नै पराजित भएको थियो । जितसँगै समूह एचको शीर्ष स्थानमा रहेको युएईले पाँच खेलबाट शतप्रतिशत जितसहित १५ अंक जोडेको छ । बहराइन १० अंकसहित दोस्रो, यमन तेस्रो र नेपाल अन्तिमा रहेको छ । यमनको चार अंक छ भने नेपाल अंकविहीन अवस्थामा रहेको छ ।

यूएईको जितमा अब्दुल्ला सुहेलले दुई अली सालेह र हाजेम मोहम्मद अबुल्लाह अब्बासले समान एक एक गोल गरे । पहिलो हाफमा २–०ले पछि परेको नेपालले दोस्रो हाफमा पनि समान दुई गोल ब्यहोरेको हो । नेपालले पहिलो गोल खेलको १२औं मिनेटमा गोल खाएको थियो । हरिब अब्दुल्ला सुहेलले खेलको १२ र १४औं मिनेटमा गोल गरेका थिए ।

त्यसपछि नेपालले ५३औं मिनेटमा गोल ब्यहोरेको थियो। अलीले गोल गर्दै यूएईका लागि ३–० को अग्रता दिलाए । ७५औं मिनेटमा हाजेमले गोल गरेपछि यूएईले खेलमा ४–० को जित हासिल गर्यो । अब नेपालले यमनसँग विश्वकप छनोटको खेल खेल्न बाँकी छ ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected