१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित

२४ जेठ, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ । ब्रिजटाउनमा बिहीबार भएको खेलमा अस्ट्रेलियाले एशोसिएट राष्ट्र ओमानलाई ३९ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२५ रन बनायो ।

ओमानका आयान खानले ३६ रनको पारि खेले । उनले ३० बलमा दुई छक्का र दुई चौका प्रहार गरेका थिए ।

यसगरी कप्तान अकिब इलियासले १८ बलमा १८ रनको पारि खेल्दा एक छक्का र दुई चौका हिर्काए ।मेहनर खानले १६ बलमा २७ रन बनाए । उनले २ छक्का र १ चौका प्रहार गरे ।

साकिल अहमेदले ११ रन बनाउँदा कलिमुल्लाहले ६ रन जोडे ।

ओपनर कश्यप प्रजापति ७ रनमा आउट हुँदा खलिद काली ८ रनमा पभेलियन फर्किए ।

अस्ट्रेलियाका एडम जाम्पाले ४ ओभरमा २४ रन खर्चिएर २ विकेट लिए ।

मिचेल स्टार्कले ३ ओभरमा २० रन खर्चिएर २ विकेट लिँदा मार्कस स्टोइनिसले २ ओभरमा ७ रन दिएर २ विकेट हात पारे । नाथन इलियसले ४ ओभरमा २९ रन खर्चिएर २ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६४ रन को योगफल बनाएको थियो । स्ट्रेलियाका मार्कस स्टोइनिसले ६६ रनको नटआउट अर्धशतकीय पारि खेले । उनले ३५ बलमा ६ छक्का र २ चौका प्रहार गरेका थिए । यसैगरी डेभिड वार्नरले पनि ५१ बलमा ५६ रनको अर्धशतकीय पारि खेले । उनले १ छक्का र ६ चौका प्रहार गरेका थिए । ट्राभिस हेडले १२ रन बनाउँदा कप्तान मिचेल मार्सले १३ रन बनाए । ग्लेन म्याक्सवेल गोल्डेन डकआउट हुँदा टिम डेभिडको ब्याटबाट ६ रन आएको थियो ।

ओमानका मेहरन खानले २ विकेट लिँदा विलाल खान, कलिमुल्लाहले १–१ विकेट हात पारे ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected