१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाज

भाजपाको लोकप्रियता घट्यो,एनडीए गठबन्धनले बहुमत पाएसँगै तेस्रो पटक मोदी सरकार

२३ जेठ, काठमाडौं । भारतमा भएको १८ औं लोक सभा निर्वाचन–२०२४को मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिकसत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेकोहो ।

पाँच सय ४३ सिटको लागि भएको लोकसभा निर्वाचनमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३२ सिट जितेको छ । निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले मात्रै २ सय ४० सिटमा जित हासिल गरेको छ । तर, यो निर्वाचनमा भाजपा एक्लैले बहुमत ल्याउन भने सकेन । निर्वाचन परिणामले भारतमा भाजपाको लोकप्रियता घटेको प्रष्ट देखाएको छ ।

यस्तै, एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २४ सिटमा जित हासिल गरेको छ। काङ्ग्रेस ९९ सिट, समाजवादी पार्टी ३७ सिट, तृणमूल काङ्ग्रेस २९ सिट, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २२ सिट, शिवसेना (उद्धव ठाकरे) ९ सिट, एनसीपी (सपा) ले ८ सिट, तेलेगु देशमले, १६ सिट, राष्ट्रिय जनता दल, युवराजन श्रमिका रिथु कांग्रेस र कम्युनिष्ट पार्टी अफ इन्डियाले समान ४–४ सिटमा जित हासलि गरेका छन्।

वनारसबाट चुनाव जितेका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुमत साथ तेस्रो पटक प्रधानमन्त्रीको पद सुरक्षित गरेका छन् । मोदीले सन् २०१४ देखि २०१९सम्म पहिलो र २०१९ देखि २०२४सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन् । यो निर्वाचनले मोदीलाई जवाहरलाल नेहरुपछि भारतामा तीन कार्यकाल प्रधानमन्त्री चलाउने दोस्रो नेताको रुपमा स्थापित गरेको छ । त्यसको सुनिश्चितता भाजपाका अध्यक्ष जेपी नड्डाले यो निर्वाचनमा जनताले नरेन्द्र मोदीलाई आशिर्वाद दिएका भन्दै थपे, ‘नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्दै हुनु हुन्छ।

कांग्रेस नेता राहुल गान्धीले राय–बरेली र वायनाडमा जित निकाल्दा उत्तर प्रदेशमा भने भाजपालाई ठूलो धक्का लागेको छ। अघिल्लो चुनावमा ६४ सिट जितेको भाजपाले ०२४ को चुनावमा २१ सिट गुमाएको छ । अहिले भाजपाले त्यहाँ ३३ सिटल्याउँदा समाजवादी पार्टीले यहाँ ३७ सिटमा जित निकालेको छ ।

सात चरणमासम्पन्न भएको लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनता मतदानमा सहभागी बनेका थिए ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व