१८ चैत्र २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार

नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा सुपर हिरो बन्न सक्ने सम्भावना यी २ खेलाडीको

२२ जेठ, अमेरिका । टी-२० क्रिकेटमा कुनै पनि खेलाडीको भर हुँदैन । हुन त टिम जित्न टोलीका सबै खेलाडीले राम्रो प्रदर्शन गर्नुपर्छ । तर, टी-२० क्रिकेटमा एउटै खेलाडीले एक्लै खेल जिताउन र हराउन सक्छ । त्यसैले टी-२० मा एक दुई खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा अर्कोले साथ राम्रो दिन सक्नुपर्छ । टोलीमा केही यस्ता खेलाडी हुन्छन् जसले हारको अवस्थाबाट पनि खेल जिताउन सक्ने अद्भूत खुबी राख्छन् ।

आईसीसी टी-२० विश्वकप २०२४ आज राति नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलमा सानदार प्रदर्शन गर्दै टोलीको जितमा हिरो बन्नसक्ने प्रमुख दुई खेलाडी यस प्रकार छन् ।

दीपेन्द्रसिंह ऐरी – नेपाल

अलराण्डर दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । दीपेन्द्रले मध्यक्रम र तल्लोक्रममा ब्याटिङ गर्नुको साथै अफ स्पिन बलिङ गर्ने गर्दछन् । दीपेन्द्र ब्याट र बल मात्रै नभएर फिल्डिङबाट पनि खेल जिताउन सक्ने अद्भूत क्षमता भएका खेलाडी हुन् ।

दीपेन्द्रले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा सानदार प्रदर्शन पनि गर्दै आएका छन् । उनले गत सेप्टेम्बरमा मंगोलियाविरुद्ध ९ बलमा क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक पूरा गरेका थिए । दुई महिनाअघि एसीसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए ।

बलिङमा पावर प्ले, मध्यक्रम र डेथ ओभर कुनै पनि समयमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । दीपेन्द्रले नेपालबाट ६४ टी-२० आई खेलमा १ मा शतक र ९ मा अर्धशतकसहित कुल १६२६ रन बनाउनुको साथै ३७ विकेट लिएका छन् । दीपेन्द्र क्रिजमा हुँदासम्म कुनैपनि विपक्षी टोलीलाई डर भइरहन्छ ।

बास डि लिडे – नेदरल्यान्ड्स

नेदरल्यान्ड्सका युवा अलराउण्डर बास डि लिडे वर्तमान एशोसिएट क्रिकेटका एक उत्कृष्ट क्रिकेटर हुन् । २०२३ मा आईसीसीको एशोसिएट उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए ।

गत वर्ष नेदरल्यान्ड्सलाई २४ वर्षीय उनले ३४ टी-२० आई खेलमा ६७७ रन बनाउनुको साथै ३० विकेट खेल्ने गर्दछन् ।

सन् २०२१ मा टीयुमा नेदरल्यान्ड्सले नेपालले दिएको २०७ रनको लक्ष्य १९.३ ओभरमा पूरा गर्न लिडेले ८१ रनको अविजित इनिङ खेलेका थिए ।

लिडेले विदेशी लिगसँगै इंग्ल्यान्डको डरमबाट काउन्ट्री खेल्दै आएका छन् । काउन्ट्रीमा सानदार प्रदर्शन गर्दै आएका उनले गत जुलाईमा विश्वकप छनोटको निर्णायक खेलमा स्कटल्यान्डविरुद्ध १२३ रन बनाउनुको साथै ५ विकेट लिंदै टोलीलाई विश्वकपमा पुर्‍याए ।

विश्वकपमा पाकिस्तानविरुद्ध ६७ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । लिडेसँग विश्वका ठूला टोली र खेलाडीविरुद्ध खेलेको राम्रो अनुभव छ । जसको भरपूर्ण फाइदा उठाउन सक्छन् । नेपाललाई घातक बन्न सक्छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected