१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

युगान्डालाई १२५ रन अन्तरले पराजित गर्दै अफगानिस्तानले गर्यो शानदार विजयी सुरुवात

२२ जेठ , काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले शानदार जित दर्ता गरेको छ । समूह सीमा रहेको अफगानिस्तानले मंगलबार भएको खेलमा युगान्डालाई १२५ रनले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो । निकै नै उत्कृष्ट सुरुवात गरेको अफगानिस्तानले मध्य क्रममा भने बलियो योगफल तयार पार्न भने सकेन । पहिलो विकेटका लागि अफगानिस्तानका रमनुल्लाह गुर्वाज र इब्राहिम जर्दानले १५४ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

पहिलो विकेटको रुपमा १४.३ ओभरमा इब्राहिम जर्दानले  ४६ बलमा एक छक्का र ९ चौका प्रहार गर्दै ७० रनको पारि खेलेर आउट भए । त्यसलगत्तै अफगानिस्तानले दोस्रो विकेट गुमाउन पुग्यो । दोस्रो विकेटको रुपमा अर्का ओपनर रमनुल्लाह गुर्वाज ७६ रन जोडेका थिए । उनले चार चौका र चार छक्का प्रहार गरे । तेस्रो विकेटको रुपमा नजिवुल्लाह जर्दान २ रन बनाएर आउट भएका थिए भने गुलावदिन नइबले ४ रन जोडे । अज्मतुल्लाह ओमरजाइले ५ रन बाएर पाँचौं विकेटको रुपमा पभेलियन फर्किएका थिए ।

मोहमद नावी १४ तथा कप्तान राशिद खान २ रनमा नटआउट रहे । युगान्डाका कसमस केयुटा र बरिन मसाबाले दुई दुई विकेट लिए ।

१८४ रनको विशाल लक्ष्यसहित मैदान उत्रिएको युगान्डा कुनै पनि बेला हावी भएन । लगातार विकेट पतन हुँदा १६ ओभरमा ५८ रनमा समिेटियो । युगान्डाका रोविनसन ओबुयाले सर्वाधिक १४ रन जोड्दा रिजत अलि साहले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन असफल भए । चार खेलाडीले खाता पनि खोल्न सकेनन् ।

युगान्डालाई सस्तैमा रोक्ने क्रममा फजलहक फारुकीले ५ विकेट लिए । उनले ४ ओभरमा ९ रन खर्चिएर ५ विकेट हात पारेका हुन् । यसैगरी नभिन उल हक र रासिद खानले दुई दुई विकेट लिए ।

 

 

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected