१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

नेपालले आफ्नो दोस्रो विश्वकपको पहिलो खेल आज खेल्ने

२२ जेठ , काठमाडौं । आइसीसी टी–२० विश्वकपमा नेपालले गरेको प्रतिक्षाको घडि समाप्त भएको छ । नेपालले अमेरिकाको डालासमा रहेको ग्रान्डपेरी क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग टसका लागि मैदान उत्रदा १० वर्ष पछि दोस्रो पटक विश्वकपको यात्रा सुरु गर्ने छ ।

सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप पछि नेपाली टोलीले दोस्रो पटक विश्वकप खेल्न लागेको हो । नेपाल र नेदरल्याण्ड्सबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरुहुने छ ।

विश्वकपका लागि तयारी गर्न भन्दै १ महिना अगाडि नै गएको नेपाली टोलीले अभ्यास राम्रो भएको प्रतिक्रिया दिएको छ । सोमबारको अभ्यासपछि आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान रोहित पौडेलले नेदरल्याण्ड्सविरुद्ध जित निकाल्दै विश्वकप यात्रा सुरु गर्नका लागि तयार रहेको बताएका छन् । ग्रान्ड पेरी रंगशालालाई त्रिवि क्रिकेट मैदानको जस्तै संज्ञा दिँदै खेलका लागि नेपाली समर्थकहरुको उपस्थिति हुने पनि विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा कप्तान पौडेलले समर्थकहरूलाई खुसी र गर्व गर्न लायक प्रर्दशन गर्ने बताए ।

‘अमेरिका आएपछि यहाँका समर्थकको ठुलो माया पाएका छौँ । त्रिवि मैदानपछि यो मैदानमा हामीले बढी समर्थन पाउँछौ जस्तो लागेको छ । हाम्रो लागि यो अवसरसँगै जिम्मेवारी पनि हो ।’ पत्रकार सम्मेलनमा पौडेलले भने,’हामीमाथि उत्कृष्ट क्रिकेट खेलेर उहाँहरूलाई खुसी र गर्व गर्न लायक बनाउने जिम्मेवारी छ ।’

टी–२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी  रहेका छन् ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected