२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

संसद्का दुबै बैठक बस्दै, राष्ट्रिय सभामा अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने 

२२ जेठ ,काठमाडौं । संघीय संसद्को दुबै सदनको बैठक मंगलबार पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा आज पनि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलले निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने  बैठकमा सभामुख देवराज घिमिरेले तीन वटा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

२०६४ सालको संविधान सभामा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संविधान सभा सदस्य सूर्यमान गुरूङको निधनप्रति शोकप्रस्ताव पारित गर्ने कार्यसूची छ। उनी पूर्व श्रम तथा रोजगार र स्थानीय विकासमन्त्री पनि हुन्।

यस्तै, नेपाली कांग्रेसका २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित शैयद मेहराज अहमद शाहको निधनप्रति पनि बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ।

२०५८ सालमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका खगेन्द्रराज रेग्मीको निधनप्रति पनि बैठकमा शोकप्रस्ताव पारित गर्ने कार्यसूची छ। रेग्मीको यही जेठ १ गते मंगलबार निधन भएको थियो ।

दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलले निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलमा उठेको प्रश्नको जनाफ दिने कार्यसूचीमा उल्लेख छ ।

यस्तै, प्रतिनिधि सभामा सभामुखले प्रस्तुत गर्ने तीन जना पूर्व संविधान सभा सदस्य सूर्यमान गुरूङ, प्रतिनिधि सभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रिय सभा सदस्यमा निर्वाचित खगेन्द्रराज रेग्मीको राष्ट्रिय सभामा पनि सभा अध्यक्षले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।