९ पुष २०८२, बुधबार
अर्थ मुख्‍य समाचार

बजेटमा आन्तरिक ऋण बढेकोमा चिन्ता

२१ जेठ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले बजेट सकारात्मक भएपनि केही कमजोरीहरु देखिएको बताएकी छन् ।

प्रतिनिधि सभामा बजेट माथिको छलफलमा उनले आन्तरिक ऋणको आकार जसरी बढाइएको छ योभने चिन्ताको विषय भएको बताइन् ।

उनले भनिन्, ‘बजेट सकारात्मक भएतापनि यसका केही कमजोरीहरु पनि देखिएका छन् । जस्तै आन्तरिक ऋणको आकार जसरी बढाइएको छ यो चिन्ताजनक छ । सरकारले धेरै मात्रामा ऋण लिँदा नीजि क्षेत्रले लगानी गर्न पाउने रकममा संकुचन आउने र यसले मौद्रिक बजारमा तरलता संकट निम्त्याउने टिप्पणी अर्थशास्त्रीले गर्नु भएको छ ।’

यस्तै, उनले समग्रमा अघिल्लो वर्षको भन्दा यो वर्षको बजेट राम्रो आएको भन्दै दैनिक उपभोग्य तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेर विगतमा भएको गल्ती यस बजेटले सच्चाएको पनि बताइन् ।

उनले भनिन्, ‘मलाई समग्रमा अघिल्लो वर्षको बजेट भन्दा यो वर्षको बजेट राम्रो लाग्छ । दैनिक उपभोग्य तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेर विगतमा भएको गल्ती यस बजेटले सच्चाएको जस्तो, देखिन्छ तर कच्चा कृषि सामग्रीको आयातमा अग्रिम आय कर लगाएको छ जसले गर्दा कृषि उद्योगीहरु भने मारमा परेको छ ।’

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने