६ पुष २०८२, आईतवार
प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

बैतडीमा हुरीले विद्यालय र खानेपानी आयोजनामा क्षति

२१ जेठ,  बैतडी । आइतबार साँझ आएको हुरीले जिल्लाका महिला सहकारी संस्था, स्वास्थ्यकेन्द्र, विद्यालय र खानेपानी आयोजनामा क्षति पुगेको छ । हुरीले लिफ्ट खानेपानीको सोलार पाता उडाएपछि स्थानीयलाई खानेपानीको समस्या भएको छ ।

पाटन नगरपालिका–८ स्थित भगवती कृषि महिला विकास बहुउद्देशीय सहकारी संस्थाको छानो उडाएको नगरपालिकाका सामाजिक विकास संयोजक एवं वडा नं ८ का वडाध्यक्ष हरिश विष्टले जानकारी दिएमा छन् । उनले भने, “सहकारीको छानो उडाउनुका साथैभित्र रहेका दराज, कुर्ची, आवश्यक कागजातसहित भौतिक संरचनामा क्षति पुगेको छ ।”उनका अनुसार सहकारीमा करिब रु एक लाख ५० हजार बढीको क्षति भएको अनुमान गरिएको छ ।

मेलौली नगरपालिका–७ मा रहेको नेत्रज्योति आधारभूत विद्यालयको दुई कोठे भवन, शिवनाथ गाउँपालिका–६ को हिरापुर माविको चार कोठे भवनको छाना उडाएको नेत्रज्योति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरदत्त भट्टले जानकारी दिए । उनका अनुसार हुरीका कारण बसेडिभ्वा र कोदालीका घरमा समेत क्षति पुर्‍याएको छ ।

हुरीले लिफ्ट खानेपानीको सोलार पाता उडाएपछि पाटन नगरपालिका–१ स्थित गणेशपुरसहित अन्य चार गाउँमा खानेपानीको समस्या भएको पाटन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रदेव भट्टराईले जानकारी दिए । उनका अनुसार आयोजनाको सोलारपाताका साथै पाटन–१ गेरुवापानीस्थित मुहानमा राखिएका सोलार पातासमेत उडाएको छ ।

चार गाउँसहित तीन विद्यालय, अस्थायी प्रहरी पोष्ट बयलचौरा, बयलचौरा बर्थिङ सेन्टरलगायत स्थानमा खानेपानीको आपूर्ति बन्द भएको खानेपानी आयोजनाका व्यवस्थापक पदमराज भट्टराईले जानकारी दिए ।

आयोजनामा रहेका ७५ सोलार पातामध्ये ३० वटा उडाएको भन्दै करिब रु १५ लाखको क्षति भएको अनुमान गरिएको उनको भनाइ छ । उक्त खानेपानी आयोजनाबाट एक सय १९ घरमा पानी आपूर्ति हुँदै आएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व