५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

एमालेको ५९ जिल्लाको अधिवेशन सम्पन्न

२० जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अहिलेसम्म ५९ जिल्लाको अधिवेशन सकिएको छ । एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जेठ मसान्तभित्र अधिवेशन सकाउनुपर्ने भएकाले अधिवेशन गर्न बाँकी जिल्लामा यही महिनाभित्र सक्न निर्देशन दिइएको छ ।

“जेठभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएकाले धमाधम भइरहेको छ,”उनले भने, “अधिवेशन गर्न बाँकी जिल्लाहरुको यही महिनाभित्र सकाउँछौँ ।”उनका अनुसार अब १८ जिल्लाको अधिवेशन गर्न बाँकी छ । तीमध्ये सात जिल्लाको अधिवेशनको मिति तोकिएको र अन्य ११ जिल्लाको मिति तोक्न बाँकी छ ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार प्यूठान, अर्घाखाँची, रुपन्देही, गुल्मी, नुवाकोट, काठमाडौँ र काभ्रे जिल्लाको अधिवेशन मिति तोकिएको छ । आजदेखि प्यूठान जिल्लाको अधिवेशन हुँदै छ । कोशी प्रदेशको इलाम, मोरङ, तेह्रथुम र मधेस प्रदेशको सिराहा, सप्तरी, धनुषाको मिति तोक्न बाँकी छ । गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको पनि अधिवेशनको मिति तोक्न बाँकी छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।