२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाज

सुर्खेत जिप दुर्घटना : मृतक चारै जनाको सनाखत

१७ जेठ, सुर्खेत । सुर्खेत जिप दुर्घटनामा परी ज्यान गुमाएका चारै जनाको सनाखत भएको छ ।

सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो ।

कालिकोट शुभ कालिका गाउँपालिका-३, का ४० वर्षीय तन्त बि.क., साेही ठाउँका १७ वर्षीय बिरेन्द्र बि.क, २७ वर्षीय नवराज बि.क. र दैलेख भैरबी गाउँपालिका -४, का ३८ वर्षीय महेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

जिपमा ६ जना सवार रहेको दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा कालिकोटका नरी विक र नरेन्द्र विष्ट रहेका छन् । घाइतेहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

जीप सडकबाट ३०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व