१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

कमजोर ब्याटिङसँगै नेपाल क्यानडासँग पराजित

१५ जेठ,  काठमाडौँ । नेपाल आईसीसी टी-२० विश्वकप वार्मअप पहिलो खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ ।

१८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ३० बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।

दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेलले सुरुवात देखिनै संघर्ष गरेका थिए । तीव्र गतिका बलर डिलोन हेलिगरको पाँचौं ओभरको पहिलो बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर श्रेयस मोभ्भाबाट क्याच आउट भए । कुशलले १६ बलमा २ चौकासहित १० रन जोडे ।

त्यसपछि अनिल साहले १६ बलमा २ चौका र १ छक्कासहित २४ रन जोड्दै आउट भए । स्पिनर साद विन जाफरको बलमा रोहित पौडेल टप एज लागेर विकेटकिपरबाट १ रनमा क्याच आउट भए । त्यसअघि जाफरले आसिफ शेखलाई २२ रनमा एलबीडब्लू धरापमा पारे । उनले २२ बलमा ३ चौका प्रहार गरे ।

सन्दीप जोरा ६, गुलशन झा डक र सोमपाल कामी ४ रनमा आउट हुँदा नेपालको हार पक्का बनेको थियो ।

डिलोन हेलिगरले २.३ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । जेरेमी गोर्डन र साद बिन जाफरले २-२ विकेट लिए । कलिम साना र परगत सिंहले १-१ विकेट लिए ।

त्यसअघि ग्राण्ड पेरी स्टेडियम डालासमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो ।

अन्तिम ओभरमा करण केसीलाई २१ रन प्रहार गर्दै क्यानडाले मोमेन्ट्स आफ्नो पक्षमा लैजानुको साथै बलरलाई राम्रो योगफलदिएको थियो ।

निकोलस किर्टोनले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन बनाए । रविन्द्रपाल सिंहले अन्त्यमा १७ बलमा १ चौका र ४ छक्कासहित ४१ रनको आक्रामक अविजित इनिङ खेले । डिलोन हेलिगर ७ बलमा २ चौकासहित १३ रन नट आउट रहे ।

ओपनर आरोन जोनसन र नवनीत धलिवालले २.४ ओभरमा २२ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । आरोन जोनसन ८ बलमा २ चौकासहित १० रनमा आसिफ शेखबाट क्याच हुन पुगेका थिए ।

दोस्रो विकेटका लागि निकोलस किर्टोन र धलिवालले ६१ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । धलिवाल २७ बलमा ४ चौकासहित ३२ रनमा आउट हुँदा क्यानडा ९.५ ओभरमा ८३-२ को अवस्थामा थियो ।

त्यसपछि भने नेपालले लगातार विकेट लिँदै खेलमा फर्किएको थियो । तर, अन्त्यमा नेपालको डेथ ओभर समस्याको फाइदा उठाउँदै क्यानडाले राम्रो योगफल तयार पार्‍यो ।  परगत सिंह १३, श्रेयस मोभ्भा र साद विन जाफर २-२ रनमा आउट भए ।

नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । करण केसी, सोमपाल कामी, गुलशन झा, ललित राजवंशीले १-१ विकेट लिए । नेपालले दोस्रो वार्मअप खेल यसै मैदानमा बिहीबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected