१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

कोलकाताले चुम्यो तेस्रो पटक आइपिएलको उपाधि, सर्वाधिक चौका छक्का बनाउने खेलाडी हैदराबादका हेड र शर्मा   

१३ जेठ , काठमाडौं । सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १७औँ संस्करणको इन्डियन प्रिमियर लिग आइपिएलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो । कोलकाताको यो तेस्रो उपाधि हो ।

पछिल्लो पटक कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स ११ पञ्जाबलाई ३ विकेटले पराजित गर्दै दोस्रो उपाधि जितेको थियो । त्यसभन्दा अगाडि सन् २०१२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले पहिलो पटक आईपीएल उपाधि जितेको थियो ।

तेस्रो उपाधि जित्नेक्रममा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर सहजै पूरा ग¥यो।

कोलकाता वेंकटेश अय्यरले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए। २६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

रहमानउल्लाह गुरबाज ३९ र सुनील नारायण ६ रनमा आउट हुँदा कप्तान श्रेयस अय्यर ६ रनमा अविजित रहे। हैदरावादका प्याट कमिन्स र शाहबाज अहमदले १÷१ विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको हैदरावादले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो ।

हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए । १९ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे ।

एडन मारक्रम २०, हाइनरिक क्लासन १६ र नितीशकुमार रेड्डी १३ रनमा आउट भए। आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए । २.३ ओभर बलिङ गरेका उनले १९ रन खर्चिए ।

मिचल स्टार्क र हर्षित राणाले २-२ विकेट लिए । यस्तै, वैभव अरोडा, सुनील नारायण र वरुण चक्रवर्तीको नाममा १-१ विकेट लिए ।

 

कसले के अवार्ड पाए त ?

विजेता – कोलकाता नाइट राइडर्स

उपविजेता – सनराइजर्स हैदरावाद

ओरेन्ज क्याप (सर्वाधिक रन) – विराट कोहली (७४१ रन, १५ खेल)

पर्पल क्याप (सर्वाधिक विकेट) – हर्षल पटेल (२४ विकेट, १४ खेल)

मोस्ट भ्यालुएबल प्लेयर अफ द सिजन – सुनिल नारायण (४८८ रन र १७ विकेट, १५ खेल)

सर्वाधिक चौका – ट्राभिस हेड (६४ चौका, १५ म्याच)

सर्वाधिक छक्का – अभिषेक शर्मा (४२ छक्का, १६ खेल)

इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट – नितिश रेड्डी (३०३ रन र ३ विकेट)

काल्पनिक प्लेयर अफ द सिजन – सुनिल नारायण

सिजनको उत्कृष्ट स्ट्राइक रेट – जेक फ्रेजर–म्याकगुर्क (२३४.०४)

क्याच अफ द सिजन – रमनदीप सिंह (अरशिन कुलकर्णी, केकेआर भर्सेज एलएसजी, मे ५)

फेयरप्ले अवार्ड – सनराइजर्स हैदराबाद

पिच र ग्राउन्ड अवार्ड्स – हैदराबाद

प्लेयर अफ द फाइनल – मिचेल स्टार्क (३–०–१४–२)

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected