२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाज

चितवनमा किसानका केराका बोट काटेको आरोपमा ४ बालक पक्राउ

१४, जेठ, चितवन । किसानले लगाएको केराका बोट काटेकाे आराेपमा ४ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै बालक छन् । उनीहरुले जेठ १ गते रातको ११ बजेतिर खैरहनी नगरपालिका वडा नम्बर ३ स्थित करीव पाँच कठ्ठा क्षेत्रफलमा लगाएको ३१५ बोट केरा काटेर नष्ट गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पक्राऊ पर्नेमा १२, १३ र १४ बर्षका बालक रहेका छन् । प्रहरीले उनीहरुको नाम परिवर्तन गरेर मगनीचोक ( १३ बर्ष), होलिल्याण्ड ( १४ बर्ष) चौबिसकोठी (१२ बर्ष) र धुसरी(१४ बर्ष) राखेको छ ।

प्रहरीले उनीहरुलाई जेठ १० गते पक्राउ गरेको हो । अहिले चितवन जिल्ला अदालतबाट अपराधिक उपद्रव मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व