२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाज

ललितपुर महानगरपालिकामा तीन सय मेलमिलापकर्ता

१३ जेठ , ललितपुर । ललितपुर महानगरपालिकाले हालसम्म तीनसय मेलमिलापकर्तालाई मेलमिलाप सम्बन्धी तालिम दिएको छ । आइतबारदेखि अर्को चरणको तालिम सुरु भएको छ । महानगरपालिकाले विभिन्न चरणमा तालिम र आधारभूत सीप प्रदान गरी मेलमिलापकर्ताहरु तयार गरेको हो ।

यसपटक दुई समूहमा गरी ५४ जना सहभागी छन् । आठ दिनसम्म चल्ने यो तालिम चालु आर्थिक वर्षको अन्तिम तालिम हो । तालिमको उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

मुख्य न्यायाधीश निरौलाले विवादरहित समाजको कल्पना गर्न नसकिने भन्दै विवाद समाधानको उपाय हुने बताए । पछिल्लो समयमा मेलमिलाप गराएर विवाद समाधान गर्न थालिएको बताए । उनले भने, ‘विवाद समाधान गर्ने न्यायिक प्रक्रियाद्वारा हो भन्ने थियो, अहिले समुदायमा आधारित भएर विवाद समाधान गर्न थालिएको छ ।’

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विवाद समाधान गर्न हाम्रा पुर्खाले वर्षौदेखि मेलमिलाप गराउने गरेको बताउँदै व्यवस्थित र संस्थागत गर्न मेलमिलाप केन्द्र स्थापना र मेलमिलापकर्ता तयार पार्न तालिम दिइएको बताइन् ।

मेलमिलाप गराउँदा दुबै पक्षलाई जितको महसुस हुने बताउँदै सम्बन्ध सुधारका लागि पनि मेलमिलाप अत्यावश्यक भएको बताइन् । उनले भनिन्, ‘विवादले खर्च, स्वास्थ्य र सम्बन्धलाई समेत सखाप पार्छ, त्यसैले विवादलाई जहाँ उत्पन्न भयो त्यहाँ नै समाधान गर्नुपर्छ ।’ विवाद बढ्दै जाँदा त्यसले अपराधिक मानसिकता बढ्ने उनले बताइन् । उनले मेलमिलापकर्ताको व्यवस्था घर घरमा हुनुपर्ने धारणा राखिन् ।

महानगरपालिकाकाले १५ वटा वडामा मेलमिलाप केन्द्र निर्माण भइसकेको छ भने सेवाग्राहीले ती केन्द्रमा सूचीकृत मेलमिलापकर्तामध्ये आफूले चाहेका मेलमिलापकर्तालाई छानेर न्यायिक सेवा लिने गरेका छन् ।

ललितपुर । ललितपुर महानगरपालिकाले हालसम्म तीनसय मेलमिलापकर्तालाई मेलमिलाप सम्बन्धी तालिम दिएको छ । आइतबारदेखि अर्को चरणको तालिम सुरु भएको छ । महानगरपालिकाले विभिन्न चरणमा तालिम र आधारभूत सीप प्रदान गरी मेलमिलापकर्ताहरु तयार गरेको हो ।

यसपटक दुई समूहमा गरी ५४ जना सहभागी छन् । आठ दिनसम्म चल्ने यो तालिम चालु आर्थिक वर्षको अन्तिम तालिम हो । तालिमको उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

मुख्य न्यायाधीश निरौलाले विवादरहित समाजको कल्पना गर्न नसकिने भन्दै विवाद समाधानको उपाय हुने बताए । पछिल्लो समयमा मेलमिलाप गराएर विवाद समाधान गर्न थालिएको बताए । उनले भने, ‘विवाद समाधान गर्ने न्यायिक प्रक्रियाद्वारा हो भन्ने थियो, अहिले समुदायमा आधारित भएर विवाद समाधान गर्न थालिएको छ ।’

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विवाद समाधान गर्न हाम्रा पुर्खाले वर्षौदेखि मेलमिलाप गराउने गरेको बताउँदै व्यवस्थित र संस्थागत गर्न मेलमिलाप केन्द्र स्थापना र मेलमिलापकर्ता तयार पार्न तालिम दिइएको बताइन् ।

मेलमिलाप गराउँदा दुबै पक्षलाई जितको महसुस हुने बताउँदै सम्बन्ध सुधारका लागि पनि मेलमिलाप अत्यावश्यक भएको बताइन् । उनले भनिन्, ‘विवादले खर्च, स्वास्थ्य र सम्बन्धलाई समेत सखाप पार्छ, त्यसैले विवादलाई जहाँ उत्पन्न भयो त्यहाँ नै समाधान गर्नुपर्छ ।’ विवाद बढ्दै जाँदा त्यसले अपराधिक मानसिकता बढ्ने उनले बताइन् । उनले मेलमिलापकर्ताको व्यवस्था घर घरमा हुनुपर्ने धारणा राखिन् ।

महानगरपालिकाकाले १५ वटा वडामा मेलमिलाप केन्द्र निर्माण भइसकेको छ भने सेवाग्राहीले ती केन्द्रमा सूचीकृत मेलमिलापकर्तामध्ये आफूले चाहेका मेलमिलापकर्तालाई छानेर न्यायिक सेवा लिने गरेका छन् ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व