२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाज

६ सय ६० जना गर्भवती र सुत्केरीको उद्धार

१३ जेठ, काठमाडौँ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत हालसम्म छ सय ६० जना गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरिएको जनाएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत विसं २०७५ देखि विसं २०८० फागुनसम्म विभिन्न दुर्गम तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार भएको उल्लेख गरेको हो । चालु आर्थिक वर्षको फागुनसम्म मात्रै एक सय आठ जनाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म कर्णाली प्रदेशमा दुई सय १७ जनाको हवाई उद्धार गरिएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको छ । त्यसैगरि क्रमशः कोशी प्रदेशमा एक सय ९० जना, बागमती प्रदेशमा एक सय तीन जना, गण्डकी प्रदेशमा ३४ जना र लुम्बिनीमा १२ र सुदूरपश्चिममा एक सय चार जनाको उद्धार गरिएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व