१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

१३ औँ पटक एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई

१३ जेठ , काठमाडौं । म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबार सम्पन्न फाइनलमा म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो ।

युनाइटेडको यो १३औँ एफए कप उपाधि हो । अहिलेसम्म सबैभन्दा बढी एफए कपको उपाधि आर्सनलले १४ पटक जितेको छ ।

प्रिमियर लिग च्याम्पियन सिटीले गत वर्ष फाइनलमा युनाइटेडलाई २–१ गोल अन्तरले नै पराजित गर्दै उपाधि जितेको थियो ।

अलेजान्ड्रो गार्नाचो र कोबी माइनूले गोल गर्दै एरिक टेन हागको टोलीलाई पहिलो हाफमै २–० गोल अन्तरको अग्रता दिलाएका थिए । खेलको ३०औँ मिनेटमा सिटीका डिफेन्डर जोस्को ग्वार्डिओल र गोलरक्षक स्टेफन ओर्टेगाको गल्तीका कारण गार्नाचोले गोल गर्दै युनाइटेडलाई शुरूआती अग्रता दिलाए । त्यसको दुई मिनेटपछि मार्को रास्फोर्डले गरेको गोलले मान्यता पाएन ।

३९औँ मिनेटमा माइनूले दोस्रो गोल थपे । उनले ब्रुनो फर्नान्डिसको पासमा गोल गरे । ८७औँ मिनेटमा फिल फोडेनको पासमा जेरेमी डोकुले गोल गर्दै सिटीलाई २–१ को स्थितिमा ल्याए । यो सिजन प्रिमियर लिग जितेको सिटीले एफए कप भने जित्न सकेन ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected