१८ चैत्र २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार समाज

मैदानमा पानीका बोतल हुर्याउने दर्शकलाई खेल हेर्न प्रतिवन्ध

११ जेठ , काठमाडौं । आफ्नो टिमले हारेपछि रन्थनिएर अभद्र व्यवहार प्रदर्शन गरेका दर्शकलाई मैदानमा प्रवेश गर्न प्रतिवन्ध लगाईएको छ ।

दक्षिण कोरियाली फुटबल क्लब इन्चियोन युनाइटेडले हार सहन नसकेर मैदानमा पानीको बोतल फ्याँकेका १२४ जना दर्शकलाई आगामी  घरेलु खेलमा उपस्थित हुन प्रतिबन्ध लगाएको छ ।

ती खेल प्रशंसकहरूले मे ११ मा राजधानी शहरको पश्चिमको इन्चेनको फुटबल स्टेडियममा एफसी सियोलसँग इन्चेनले १ का विरुध्द २ पराजित भएपछि पानीका बोतल मैदानभित्र हुर्याएको स्वीकार गरेका थिए ।  ती दर्शकलाई इन्चेनको घरेलु खेलहरूमा अनिश्चितकालका लागि आउन प्रतिबन्ध लगाइने निर्णय भएको छ । तर उनीहरूले सय घण्टा स्वयं सेवकको काम गरेमा उनीहरूलाई क्षमा दिन पनि सकिने क्लबले बताएको छ ।

मे ११ मा एफसी सियोलका कप्तान की सुङ–युङलाई बोतलले प्रहार गरिएको थियो । दुवै क्लबका खेलाडीहरूले क्रोधित प्रशंसकहरूलाई रोक्नको लागि व्यर्थ प्रयास गरका थिए । कोरिया प्रोफेशनल फुटबल लिगले पछि इन्चेनलाई २० मिलियन वोन (१४,६६० डलर) जरिवाना लगाएको छ र टोलीलाई पाँच घरेलु खेलका लागि आफ्ना समर्थकहरूको प्रवेश बन्द गर्न आदेश दिएको छ ।

इन्चेनले मे १३ देखि गत आइतबारसम्म आफ्नो गल्ती स्वीकार गर्न चाहने प्रशंसकहरूबाट इमेलहरू स्वीकार गरेको थियो । क्लबले भने कि ती १२४ प्रशंसकहरूले लिग जारी गरेको जरिवाना तिर्न पैसा उठाउनेछन् ।

इन्चेन युनाइटेडले स्वयं–रिपोर्टिङ म्याद पछि समातिएका फ्यानहरू विरुद्ध शुल्कहरू लिने योजना बनाएको छ र उनीहरूको कार्यका कारण क्लबलाई हुने आर्थिक नोक्सानीको लागि क्षतिपूर्ति खोज्नेछ ।

एफसी सियोलका गोलकिपर बेक जोङ–बमलाई आफ्नो टोलीको जितको अत्यधिक उत्सव मनाउँदै भीडलाई उक्साएको भन्दै लिगले जितेको ७० लाख जरिवाना गरिएको छ । एफसी सियोलका समर्थकहरूले बेक सजायको योग्य नभएको तर्क गर्दै गोलकिपरलाई जरिवाना तिर्न पैसा उठाएका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected