६ फाल्गुन २०८२, बुधबार
बैंक–वित्त

लार्केस्थित निकतातामा झोलुङ्गे पुल

९ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा पर्ने निकतातामा झोलुङ्गे निर्माणपछि स्थानीय खुसी भएका छन् । लार्केगाउँबाट लगभग चार घण्टा हिँडेर पुगिने निकतातामा पुल निर्माणसँगै वर्षौँदेखि भोग्दै आएको दुःख हटेको भन्दै स्थानीय खुसी भएका हुन् ।

स्थानीय बुद्धरानी तामाङले स्थानीयले मात्र नभएर पर्यटकले समेत धेरै समस्या भोग्दै आएकामा झोलुङ्गे पुल निर्माणपछि सहज भएको बताए । “हिउँदको समयमा फड्केलगायत अन्य माध्यमबाट पुल तर्दै आए पनि बर्खायाममा अत्यधिक समस्या हुने गरेको थियो । गाउँपालिकाले पुल बनाइदिएपछि ज्यान जोखिममा राखेर खोला तर्ने गरेका स्थानीय निकै खुसी छौँ”,उनले भने ।

नवनिर्मित झोलुङ्गे पुलको मङ्गलबार उद्घाटन गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले स्थानीयको माग र आवश्यकतालाई सम्बोधन गर्दै गाउँपालिकाको रु ६० लाख बजेटमा पुल निर्माण भएको जानकारी दिए।

उहाँले पाँचपोखरी थाङपाल पर्यटकीय गाउँपालिका भएकाले पर्यटन पदमार्गका रूपमा रहेको लार्के निकताता हुँदै ड्राइगन गुफा, नौ ताल, आमायाङ«र पाँचपोखरी पुग्न अब पर्यटकलाई सहज भएको बताए । “स्थानीयको मागलाई क्रमशः पूरा गर्दैछौँ ।

काकताङकुक्तङमा झोलुङ्गे पुल निमार्ण, लार्केसम्मको सडक विस्तार तथा सोलिङ, बत्ती, पाहुनाघर निर्माण भइसकेका छन् । हालसम्म गाउँपालिकाले ११ वटा पुल निर्माण गरिसकेक्यौ, अब काठको पोल विस्थापित गर्ने, याङ«मा पक्की पुल निर्माण गर्ने, बुद्धपार्कलगायत पर्यटकीयस्थलको पहिचान र प्रवर्द्धनका काममा लाग्छौँ”,अध्यक्ष लामाले भने ।

गाउँपालिकाको रु ६० लाख र स्थानीयको जनश्रमदानबाट बनेको एक सय १३ मिटर झोलुङ्गे पुलको निर्माणले पयर्टन आवागमनमा सहज हुने र स्थानीयको आर्थिक वृद्धि हुने अपेक्षा गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले बताए ।

उनले अब घरबासको विकास गर्दै पर्यटकलाई सहज वातावरण सिजर्ना गर्ने उद्देश्य रहेको बताए । उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपप्रमुख सुनिता अधिकारी, वडाका जनप्रतिनिधिलगायत स्थानीयको उपस्थिति थियो ।

थप समाचारहरु

बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र
बैंक–वित्त

‘अब तापक्रम घट्दै जान्छ, गर्मीबाट राहत मिल्छ’

२८ जेठ, काठमाडौं। अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार आइतबार (आज)