१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

जसपा नेपालले तोक्यो केन्द्रीय समिति निर्वाचन मिति

९ जेठ , काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको निर्वाचन मिति तय गरेको छ । जसपाले आगामी जेठ ३० गते निर्वाचन गर्न लागेको हो ।

बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै जसपा नेपालले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार पारेको जानकारी दिएको हो ।

केन्द्रीय निर्वाचन तदर्थ समितिको कार्यतालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित हुनेछ । जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने र जाँचबुझ गरी त्यसैदिन ४ बजेसम्म निर्णय गरिसक्ने जसपाले जनाएको छ ।

त्यसपछि २९ गते नै उम्मेदवारको नामावली साँझ ५ बजेसम्म प्रकाशित गर्ने, ५ देखि ८ बजेसम्म मनोनयन फिर्ता लिने समय तोकिएको कार्यतालिकामा उल्लेख छ । जेठ २९ गते राति ८ बजेदेखि १० बजेभित्रमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन गर्ने जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय समितिको निर्वाचन सम्पन्न भएपछि सबै पदको मतगणणा सुरु हुने छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।