२३ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार राजनीति

राप्रपाद्वारा मोटरसाइकल र्‍याली

८ जेठ, काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सरकारलाई बुझाइएको ४० बुँदे मागको कार्यान्वयनमा दबाब दिने उद्देश्यले काठमाडौँसहित मुलुकका विभिन्न भागमा आज मोटरसाइकल र्‍याली गरेको छ ।

पार्टीमा प्रशिक्षण र युवा परिचालन कार्यक्रमअन्तर्गत देशभरका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा आज मोटरसाइकल र्‍याली गरिएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए । काठमाडौँमा बबरमहलबाट सुरु भएको र्‍याली नगरपरिक्रममा पछि दरबारमार्गमा पुगेर समापन भएको थियो ।

सो र्‍यालीमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका नेता र कार्यकर्ता सहभागी भएका थिए । मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र दुई तहको सरकारको शासकीय प्रणालीसहित विभिन्न विषयमा ४० बुँदे माग गत फागुन ९ गते सरकारलाई मागपत्र बुझाइएको थियो ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।